काठमाडौँ । लोकसभा निर्वाचनको माहोलबीच भारतको महाराष्ट्रमा माओवादीले गरेको आक्रमणमा परी १५ जना सुरक्षाकर्मीको ज्यान गएको छ । महाराष्ट्रको गढचिरौलीमा माओवादी छापमारले सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराएका हुन् । माओवादी लडाकुले आइइडी बिस्फोट गराएको इण्डिया टाइम्सको समाचारमा उल्लेख छ ।
नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मी लक्षित गरी भएको आक्रमणमा अरु १० जना घाइते भएका छन् । बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको र अहिले पनि भिडन्त जारी रहेको समाचार संस्था एएनआईले जनाएको छ ।



