वासिङ्टन डिसी, अमेरिका । संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसमा भएको गोली प्रहारमा परी २ जनाको ज्यान गएको छ। उक्त गोली प्रहारमा अरु केही घाइते भएको बताइएको छ।

मङ्गलबार सो गोलीकाण्ड भएको थियो । अमेरिकी समय अनुसार मङ्गलबार साँझ ७ बजेभन्दा केही समय अघि मात्रै यस्तो गोली प्रहारको घटना भएको थियो। मङ्गलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यार्थीहरु बिदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो।त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो। गोलीकाण्डमा दुई जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन्।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ। च्यार्लोटको प्रहरी सेवाले आक्रमणकारीको पहिचान गरेको छ। सो विभागका अनुसार गोली हान्ने व्यक्ति सो क्याम्पसमा पढ्ने २२ वर्षीय विद्यार्थी त्रिस्तान एन्ड्रयु रहेका बताइएको छ। हाल आक्रमणकारीलाई प्रहरीले फक्राउ गरी हिरासतमा राखेको भएपनि उनले अपराध भने स्वीकार गरेका छैनन्।