दमक/झापाका दमकका पुराना मजदुर नेत विश्वासकुमार काश्यपलाइ दमक जेसिजले सम्मान गरेको छ ।
मजदूर दिवसको अवसर पारेर एक कार्यक्रमबीच उनलाइ सम्मान गरेको हो ।
मजदूर दिवसको बिषयमा बुधबार दमकमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले सम्मानपत्र प्रदान गरेकी थिइन् ।
जेसिजका सदस्य समेत रहेका काश्यम नेपाल यातायात मजदूर संघ झापाका अध्यक्ष हुन् ।











