काठमाडौं, वैशाख २१

१ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान अमेरिकाको फ्लोरिडा नदीमा चिप्लिएर खसेपछि २१ जना घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नौसेना एयर स्टेशन जैक्सनविले के एक प्रवक्ताका अनुसार शुक्रबार उक्त विमान ल्यान्डिङ गर्नेक्रममा रनवेबाट चिप्लिएर नदीमा खसेपछि विमानमा चढेका ती मान्छेहरु घाइते भएका हुन्।

अहिलेसम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन्।

नौसेना विमानस्थल ग्वाण्टानामो बेबाट आएको उक्त विमान स्थनीय समय अनुसार ९ः४० मा साँझ नदीमा डुबेको थियो।

संचार माध्यमलाइ कम्पनीले घटनाको बारेमा प्राप्त जानकारीबारे जानकारी गराइएको बोइङका प्रवक्ताले बताए ।