दमक,२१ बैशाख । झापाको कमल गाँउपालिकामा यहि बैशाख ३० गते एकदिवसीय नेपाल रेडक्रस सोसाईटी प्रथम उपशाखा कप २०७६ हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको आयोजनामा जिल्लामा पहिलोपटक उपशाखास्तरिय फूटवल प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।
लखनपुर रेडक्रसले आज दमकमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । उपशाखाका सभापति चन्द्र शाहले रेडक्रस अभियानलार्ई खेलकुदका माध्यमबाट शसक्त वनाउन मैत्रीपूर्ण फूटवल प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

रेडक्रसमा युवा शक्तिलाई आर्कषित गराउन तथा स्वस्थ्यका लागि खेलकुद भन्ने नारालाई थप उजागर गर्न जिल्लाका रेडक्रसकर्मीहरुवीच फूटवल प्रतियोगिताको तयारी तीव्र पारिएको सभापति शाहले बताए ।
कमल ५ स्थित आदिवासी रंगशालामा हुने उक्त प्रतियोगितामा विजेता ,उपविजेताले क्रमशः २५ हजार ,१५ हजारसहित ट्रफि ,प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगिताका विभिन्न आधा दर्जन विद्यागत क्षेत्रका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने छन् ।
जिल्ला भित्रका ८ वटा उपशाखाको सहभागिता रहने सो प्रतियोगिता सम्पन्न गर्न गाँउपालिकासहित खेलप्रेमीहरुबाट सहयोग प्राप्त हुने उपशाखा सचिव पारषमणि राईले जानकारी दिए । प्रतियोगिताको विहान ७ वजे हुने उद्घाटन खेलमा आयोजक र सुरुङ्गा रेडक्रसवीच प्रतिष्पर्धा हुने छन् । प्रतियोगिता सम्पन्न गर्न दमक लखनपुर भेट्रन क्लवले प्राविधिक सहयोग समेत पुरयाँउने उपशाखा उपसचिव विष्णु सुब्बाले जानकारी दिए ।










