दमक/ राधामाधव समिति नेपाल दमक शाखाले मातातिर्थ औषिको अवसर पारेर आफ्नै साधना भवनमा १० जना जेष्ठ आमाहरुलाइ सम्मान गरेको छ । केहि दिनअघि विशेष अधिवेसनपछि नयाँ बनेको समितिको यो पहिलो कार्यक्रम हो ।
दमककै सबैभन्दा जेष्ठ आमा १०८ बर्षिया नन्दकुमारी अधिकारी सहितका १० जना जेष्ठ आमाहरुलाइ समितिको तर्फबाट संरक्षक/संयोजक भवानीप्रसाद दाहालले सम्मान गरेको समितिका उपाध्यक्ष काशी खातीले बताएकाछन् ।
दमककी इन्दिरा चापागाइ, कौशिलादेबी न्यौपाने, विष्णुमाया दंगाल, झमकला अधिकारी, सावित्रादेबी खरेल, पवित्रा प्रशाइ, कृष्णकुमारी न्यौपाने, हरिमाया अधिकारी र हर्कमाया पौड्याललाइ सम्मान गरिएको खातीले जनाएकाछन् ।

समितिका अर्का सह संयोजक रोहित आचार्यका अनुसार सेवाको कार्यक्रमहरुलाइ निरन्तरता दिने क्रममा कार्यक्रम गरेर ९० बर्षमाथिका जेष्ठ आमाहरुलाइ सम्मान गरिएको हो । यस किसिमका कार्यक्रमहरुलाइ निरन्तरता दिने समेत उनको भनाइ छ ।
कार्यक्रममा समितिका भगवान बस्नेत लगायतका सबै पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।










