दमक/झापा दमकको सबैभन्दा पुरानो लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।
जस अनुसार एक बर्षका लागि मनोज अग्रवाल अध्यक्ष बनेकाछन् ।
यसैगरी प्रथम उपाध्यक्षमा दिनेश अग्रवाल, द्धितिय उपाध्यक्ष अशोक चौधरी र तृतीय उपाध्यक्षमा तुलसीराम दंगाल सर्वसम्मत चयन भएकाछन् ।
यसैगरी सचिबमा राम थपलिया र कोशाध्यक्षमा बुद्धिशेखर भट्टराइ चयन भएकाछन् ।
लायन्स लिडर तथा क्लवका पुर्व अध्यक्षहरु बबरजंग थापा, अजय अग्रवाल, पीके क्षेत्री, रामचन्द्र बराल, सुरज आचार्य, वर्तमान अध्यक्ष चन्द्र गजमेर, लायन्सकर्मी सुर्यनारायण शाह लगायतले शुभकामना दिएका थिए ।










