बैशाख २३, २०७६
विराटनगर – १ नम्बर प्रदेशको स्थायी राजधानी तोक्ने प्रक्रिया प्रदेश सभामा प्रवेश गरेसँगै विराटनगर महानगरपालिकामा रातारात संघर्ष समिति गठन गर्दै बन्द आह्वान गरिएको छ ।

विराटनगर महानगरपालिकामा आइतवार राति संघर्ष समिति बनेको हो । संघर्ष समितिले विराटनगरलाई राजधानी तोकेर संरचना पनि विराटनगरमा नै हुनुपर्ने माग राख्दै अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको छ ।

 

विराटनगरलाई स्थायी राजधानी बनाउने शान्तिपूर्ण दबाब समितिको पहिलो आन्दोलन नै हड्ताल भएको छ । प्रा.डा. भेषप्रसाद धमला संयोजक र महेश रेग्मी, नागेश कोइराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सहसंयोजक रहेको समितिले आमहड्ताल आह्वान गरेको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा विराटनगरलाई स्थायी राजधानी बनाई सबै संरचना विराटनगरमा नै हुनुपर्ने उल्लेख गरिएको छ । प्रदेश सभामा दर्ता भएको प्रस्ताव अनुसार विराटनगरमा प्रदेश राजधानी तोक्दै विभिन्न संरचना विराट क्षेत्रभित्र निर्माण गर्ने उल्लेख छ । बृहत् विराट क्षेत्रमा ईटहरी, सुन्दर हरैचा पर्छन् ।

आइतवार प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशको स्थायी राजधानीको प्रस्तावमा पनि नेपाली कांग्रेस र नेकपाका सांसदहरूले नै विराटनगरलाई राजधानीको प्रस्ताव दर्ता गराएका छन् । नेकपा संसदीय दलको बैठकले विराटनगरलाई राजधानी प्रस्ताव गरेको छ भने ईटहरी, सुन्दर हरैंचा र विराटनगरलाई पायक पर्ने एकै ठाउँमा संरचना निर्माण गर्ने भनेको छ ।

प्रदेश सभामा ९३ जना सांसदमध्ये दुईतिहाइभन्दा बढी सांसद ईटहरीको पक्षमा रहेको देखिएको छ । नेकपाका ८ जना सांसद मात्र विराटनगरलाई राजधानी बनाउनुपर्ने भन्नेमा छन् भने नेपाली कांग्रेसको आधा अर्थात् १० सांसद बिराटनगरलाई राजधानी तोक्नुपर्नेमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah