डचेज अफ ससेक्सले छोरालाई जन्म दिएकी छिन्, ड्युक अफ ससेक्सले यसबारे घोषणा गरेका हुन् । निकै खुसी देखिएका ह्यारीले आफूहरु निकै रोमाञ्चित भएको र जनतालाई समर्थनका लागि धन्यवाद दिएका छन् ।

फाइल तस्बिर

उनले मेगन र बच्चा दुबै निकै राम्रो भएको र बच्चाको नामबारे अहिले पनि सोचिरहेको जानकारी दिएका छन् । मेगनले सोमबार बिहान ३ केजी २ ग्रामको बच्चा जन्माएकी हुन् ।

बकिङ्घम प्यालेसका अनुसार बच्चा जन्माउने बेला ह्यारी पनि मेगनसँगै थिए । बच्चाको जन्मपछि ह्यारीले आफ्नो सन्तान तोकिएको मितिभन्दा केही ढिला जन्मिएको जानकारी दिए ।

बच्चा जन्मेको हेर्दा कस्तो अनुभव भयो भनेर सोध्दा उनले हाँस्दै भने, ‘यो पक्कै पनि मेरो पहिलो अनुभव हो । यसअघि यस्तो अनुभव पाएको थिइनँ । यो निकै नै उत्कृष्ट अनुभव हो । बच्चा जन्मिएपछि श्रीमतीप्रति मेरो माया थप प्रगाढ भएको छ साथै निकै गर्व पनि गर्छु ।’

‘सबै आमा बुवाले आफ्नो सन्तानलाई उत्कृष्ट नै भन्छन् तर म यो भन्न चाहन्छु कि यी सानो मान्छेले मलाई कति भाग्यमानी बनाइदिएको छ । म अहिले आकाशमा उडिरहेको छु जस्तो लागिरहेको छ ।’

उनले थपे, ‘यो मेरो लागि अद्भूत अनुभव थियो । मैले यस्तो होला भनेर कहिले कल्पनासमेत गरेको थिइनँ ।’

‘बच्चा जन्माउनका लागि महिलाले जुन अवस्थाबाट गुज्रनुपर्छ त्यसको वर्णन नै गर्न सकिन्नँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah