दमक/ लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अबको एकबर्ष क्लवको नेतृत्व ज्ञाननाथ पौडेल ( ज्ञानु) ले गर्ने भएकाछन् ।

सामाजिक तथा ब्यवसायीक क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिसकेका पौड्याल सर्वसम्मत अध्यक्ष चयन भएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रथम उपाध्यक्षमा हेमसिं अधिकारी, दोस्रो उपाध्यक्षमा राजु खड्का, तेश्रो उपाध्यक्षमा बिमल नेपाल चयन भएकाछन् ।

सचिबमा रामचन्द्र मिश्र र कोषाध्यक्षमा गोपाल बस्नेत छानिएकाछन् ।

यसैगरी पब्लिक रिलेसन अफिसरमा पवन लुइटेल र अन्तराष्ट्रिय जनसम्पर्कमा राजु न्यौपानेले जिम्मेवारी पाएकाछन् ।

अन्य जिम्मेवार आगामि बैठकबाट बाँडफाँड हुने जनाईएको छ ।

नयाँ आएको समितिलाइ लायन्स लिडर अजय अग्रवाल, क्लव अध्यक्ष प्रमोद दाहाल लगायतले शुभकामना दिएकाछन् ।

कमल गाँउपालिकामामा लायन्स क्लव अफ लखनपुरले बिभिन्न सामाजिक तथा रचानात्मक काम गर्दै आएको छ ।

क्लवका संस्थापक धर्मनन्द भट्टराइ जोन चियर पर्सन बनेकाछन् ।

अध्यक्ष पौड्याल