काठमाडौ । विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो “who wants to be millionaire” को नेपाली भर्सन “को बन्छ करोडपति” ले सगौरव ४० औं इपिसोड प्रशारण गरिसकेको छ । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ ।दर्शकको अपार माया र साथ पाउँदा पाउँदै पनि केविसिको ४० औं इपिसोडसम्मको यात्रामा कुनै पनि प्रतियोगीले २५ लाखसम्म रकम जित्न जित्न सकेका छैनन् । तर अब आउने इपिसोडमा भने “को बन्छ करोडपति” कार्यक्रमले आफ्नो पहिलो सिजनमै बहुप्रतिक्षित करोडपति पाएको छ ।

उक्त इपिसोडको करोडपति को होला भनेर सबैको चासो भन्न पुगेको छ । तर धेरैले उक्त ब्यक्ति अरु नभएर रवि लामिछाने हुन सक्ने बताएका छन् । भिडियो प्रोमो हेरेपछि सबैले एक करोड रवि लामिछानेले नै जितेको हुनुपर्ने बताएका छन् । रवि लामिछाने राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि को बन्छ करोडपतिमा सहभागी भएका थिए । उक्त इपिसोड यो हप्ता प्रसारित हुने छ ।को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गरेको छ । जारी भिडियो प्रोमोमा बिजयी अनुहार देखाईएको छैन तर शोका होस्ट तथा महानायक राजेश हमालले बिजयीले १ करोड जीतेको बधाई तथा हर्ष सहितको घोषणा गरेको देख्न सकिन्छ, अवश्य पनि को ति भाग्यमानी बिजेता हुन यो भने ताजा श्रृंखलासम्म कुर्नै पर्छ ।

विजयी भएको घोषणा सहितको भिडियो प्रोम्रो हेर्नुहोस्

 

विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो “who wants to be millionaire” को नेपाली भर्सन “को बन्छ करोडपति” ले सगौरव ४० औं इपिसोड प्रशारण गरिसकेको छ । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ । पछिल्लो समय हरेक घर, चोक, गल्ली बस्ती, विद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुमा KBC कै चर्चा हुने गरेको जानकारी गराउन पाउदाँ एसआरविएन परिवार गौरवान्वित भएको छ ।

दर्शकको अपार माया र साथ पाउँदा पाउँदै पनि केविसिको ४० औं इपिसोडसम्मको यात्रामा कुनै पनि प्रतियोगीले २५ लाखसम्म रकम जित्न नसक्दा केहि हदसम्म नैराष्यता उत्पन्न भएको महषुश भएकै हो । सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको छ । जारी भिडियो प्रोमोमा बिजयी अनुहार देखाईएको छैन तर अवश्य पनि को ति भाग्यमानी बिजेता हुन यो भने ताजा श्रृंखलासम्म कुर्नै पर्छ ।
विजयी भएको घोषणा सहितको भिडियो प्रोम्रो हेर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय