बीबीसी। अमेरिकाले पहिलो पटक उत्तर कोरियाको एक मालवाहक जहाज नियन्त्रणमा लिएको छ। उत्तर कोरियाले अन्तर्राष्ट्रिय नियम उल्लघंन गरेको भन्दै उक्त जहाज नियन्त्रणमा लिएको हो।गत वर्ष २०१८ को अप्रिलमा पनि सोही जहाजलाई इन्डोनेशियामा समेत नियन्त्रणमा लिइएको थियो। बीबीसीमा जनाइएअनुसार नियन्त्रणमा लिइएको जहाजले कोइला निर्यात गर्दै आएको थियो।

उत्तर कोरियाबाट सबै भन्दा बढी कोइला निर्यात हुने गर्दछ। तर संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई कोइला निर्यातमा प्रतिबन्ध लगाएको छ। यसअघि फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आणविक कार्यक्रम र उत्तर कोरियामाथि लागेको कोइला निर्यात प्रतिबन्धबारे भियतनाममा छलफल भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर उक्त छलफलपछि कुनै निष्कर्ष निक्लन सकेन। जसका कारण छलफल विनासहमति टुङ्गिएको थियो। जहाज नियन्त्रणसँगै यी दुई देशबीच पुनः सम्बन्ध चिसिने संम्भावना बढेर गएको छ। तर जहाज नियन्त्रणबारे उत्तर कोरियाले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको जनाइएको छ।