दमक/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मधेसी मोर्चा नामको विखण्डनकारी तत्वले सामाजिक सद्भाव भड्काउन खोजेको बताएकाछन् । एमालेको सरकार बन्नसाथ राम्रो काम गरेको देखेर बिपक्षिहरुको सातो जाने गरेको बताउदै गौतमले भने–मनमोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधवकुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, केपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमालेबाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् । गौतमले एमालेलाइ पेट्रोलबमले हानेर समाप्त गर्न नसकिने बताउदै एटमबम हानेपनि आफूहरु समाप्त नहुने जनाए । उनले भने–राजविराममा पेट्रोल बम प्रहार गरेर एमालेको नेतृत्वलाई समाप्त पार्न खोजियो । त्यस्तो गर्न चाहनेहरुलाई रोकेवापत प्रहरीहरुलाई कारवाही गरियो । एमालले जनताको मनमा छ । त्यसैले पेट्रोल बम त के एटम बम हाने पनि एमाले समाप्त हुँदैन ।
एटम बम हानेपनि आफूहरु समाप्त नहुने भन्दै बामदेबको गर्जन
सवाल नेपालसंवाददातामंगलबार, २९ फागुन २०७३

एटम बम हानेपनि आफूहरु समाप्त नहुने भन्दै बामदेबको गर्जन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



