– बिबिसी/चीनको विदेश मन्त्रालयले पाकिस्तान र चीनका नागरिकहरूबीच सम्बन्ध गाँसिदिने अवैध संगठनहरूलाई होसियार रहन चेतावनी दिएको थियो।

बितेका महिनामा पाकिस्तानका महिलाहरूलाई तस्करी गर्दै विवाहका लागि चीन पुर्‍याइरहेको छ भन्ने किसिमका समाचारहरू पाकिस्तानी सञ्चार माध्यममा धेरै आए।

यस्ता समाचारहरूमा यी महिलाहरूलाई वेश्यावृत्तिमा धकेलिने गरिएको दाबी पनि गरिएका थिए।

यसैबीच सरकारी जाँच निकाय फेडरल इनभेस्टिगेसन एजेन्सीको फैसलाबाद शाखाले त्यहाँ परेका उजुरीहरूका आधारमा कारबाही गर्ने क्रममा एक महिला समेत आठ चिनियाँ नागरिक र उनीहरूका चार पाकिस्तानी सहयोगीलाई पक्राउ गरेको छ।

 

मानव तस्करी

उक्त गिरोहले पाकिस्तानी महिलाहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराइदिने भन्दै अवैधरूपमा चीन लाने गरेको र त्यहाँ उनीहरूलाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न रहेको एफआईएका उपनिर्देशक जमिल अहमद मेवले बीबीसीलाई बताए।जमील अहमदका अनुसार यही गिरोहले ती महिलाहरूलाई देह व्यापारमा लगाउने गरेको जनाकारी एफआईएले पाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई जेल चलान गरिएको छ।

यस्ता विवरणहरु बाहिर आएपछि पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानी महिलाहरूलाई विवाहका लागि चीन लाने विषयमा एप्रिल १३ मा एउटा विज्ञप्ती जारी गरेको थियो।

 

दूतावासको आग्रह

जसमा केही समययता गैर कानुनी संगठनले सम्बन्ध गाँसिदिनका लागि मानिसहरूसँग धेरै पैसा लिइरहेका छन् जसले चीन र पाकिस्तान दुवै तर्फका मानिसहरू प्रभावित भइरहेका छन् भन्ने उल्लेख थियो।दूतावासले चिनियाँ कानुनले यस प्रकारको विदेशी सम्बन्ध स्थापित गर्न अनुमति नदिने भन्दै मानिसहरूलाई धोका दिएर गरिने यस प्रकारको विवाहबाट टाढै बस्न आग्रह गरेको थियो।

दूतावासको भनाइमा यस्तो विदेशी विवाह गराउने व्यवसायलाई रोक्नको लागि चीनले पाकिस्तानमा कानुन कार्यान्वयन गर्ने संस्थाहरुसँग सम्पर्क गरिरहेको छ। दूतावासले यदि यस प्रकारको गतिविधिबारे थाहा भए तुरुन्त प्रहरीलाई जनाकारी गराउन पनि भनेको छ।

 

सम्बन्ध

चिनियाँ दूतावासले भनेको छ पाकिस्तान र चीनको सम्बन्धलाई विचार गरेर सञ्चार माध्यमले सही समाचार सम्प्रेषण गर्ने छन्। पाकिस्तानी सञ्चार माध्यममा आएका केही विवरणहरूमा विवाहको नाममा देह व्यापारमा पनि लगाइएको भनि दाबी गरिएको थियो।तर चीनले यस्ता दाबीको कडा रुपमा खण्डन गरेको छ। दूतावासको विज्ञप्तीमा भनिएको छ चीन सरकारले कुनै एजेन्सी वा व्यक्तिलाई कुनै पनि हिसाबले देह व्यापारमा संलग्न हुने अनुमति दिँदैन र यस्ता गतिविधिलाई कडाइका साथ रोक्ने गर्छ।

 

चिनियाँ खबर

पाकिस्तानी महिलाहरूसँग चिनियाँ नागरिकहरूका विवाह भएका समाचार चिनियाँ सञ्चार माध्यममा पनि आएका छन्। ग्लोबल टाइम्सले प्रकाशित गरेको एक रिपर्टमा भनिएको छ कि एक चिनियाँ गिरोहले पाकिस्तानी महिलाहरूलाई विवाहको नाममा धोका दिइरहेको छ।ग्लोबल टाइम्सले पाकिस्तानस्थित उसको संवाददातालाई उद्धृत गर्दै भनेको छ चिनियाँ पुरुष र पाकिस्तानी महिलाहरूको सम्बन्ध गाँसिदिने भन्ने एजेन्सीहरू वास्तवमै सक्रिय छन्।

तर देह व्यापारसँग जोडिएर आएका खबरहरू सम्प्रेषण गर्ने काम चाहिँ चीन विरोधी पश्चिमी सञ्चार माध्यमको काम रहेको उसले भनेको छ।

 

नेपालमा पनि

ग्लोबल टाइम्सका पत्रकारले विवाह गराइदिने एक एजेन्सीलाई सम्पर्क गर्दा उसले अहिले पनि विवाहहरू भइरहेको तर भिसा पाउन समस्या भएको भन्ने जानकारी आएको थियो।

नेपालबाट पनि यहाँका महिलाहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराइदिने गिरोह केही समय अघि निकै फस्टाएको थियो। प्रहरीको केन्द्रिय अनुसन्धान विभागले करिब चार वर्ष अघि यस किसिमको गिरोह पक्राउ गरेको थियो।

तर हाल विवाहका नाममा नेपाली महिलाहरूलाई चीनमा लगेर उनीहरूमाथि दुर्व्यवहार भएका सूचना आफूसँग नभएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah