काठमाडौं, २ चैत - मंगलवारदेखि देशभर नयाँ स्थानीय तह कायम भएका छन् । केन्द्रमा रहेको अधिकार स्थानीय तह हुँदै जनताको घर घरमा पुगेको छ ।

तर स्थानीय तहका काम कर्तब्य र अधिकारी के कति रहने भन्ने विषयमा चाहिँ अहिले सर्वसाधारणले अहिले सम्म पनि जानकारी पाउन सकेका छैनन् । तर संघीय मामिला तथा स्थानीय मन्त्रालयले स्थानीय तहको काम कर्तब्य र अधिकारका सम्बन्धमा २० पृष्ठ लामो आदेश जारी गरेको छ ।

गाउँपालिका र नगरपालिकालाई व्यवस्थापकिय जिम्मेवारीका साथ अधिकार दिइएको छ भने वडाहरूले चाहिँ नियमित कामकारबाहीका धेरै अधिकार पाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले कायम गाविसहरू वडामा परिणत भएका छन् । कतिपय गाविसलाई दुई वटा वडाको रुपमा स्थापना गरिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आदेश अनुसार वडाहरूले दर्जनौं सिफारीस र प्रमाणीत गर्ने अधिकार पाएका छन् ।

यी हुन वडाहरूले पाएका अधिकारहरूः

१ नाता प्रमाणीत

२ नागरिकताको सिफारीस र नागरिकताको प्रतिलिपि लिनको लागि सिफारीस

३ बहाल करको लेखाजोखा सिफारिस

४ कोठा खोल्न रोहबर बस्ने

५ मोही लगत कट्टा सिफारीस

६ घरजग्गा करको लेखाजोखा सिफारीस

७ जन्ममिति प्रमाणित

८ ब्यापार व्यवसाय बन्द भएको, संचालन नभएको वा हुँदै नभएको सिफारिस

९ मिलापत्र कागज बनाउने निवेदन दर्ता सिफारीस

१० विवाह प्रमाणित अविवाहित प्रमाणित

११ निशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस

१२ आफ्नो अधिकार क्षेत्रको विषयमा अंग्रेजी भाषामा सिफारीस, प्रमाणित

१३ घर पातल प्रमाणित

१४ व्यक्तिगत विवरण प्रमाणित

१५ पुर्जामा घर कायम गर्ने सिफारीस

१६ फरक फरक नाम थर र जन्म मितिको सिफारीस, प्रमाणित तथा दुबै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीस

१७ नाम, थर जन्म मिति संशोधनको सिफारिस

१८ जग्गा धनीपूर्जा हराएको सिफारिस

१९ कागज र मन्जुरीनामा प्रमाणित

२० कित्ताकाट सिफारीस

२१ संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस

२२ जिवीतसंगको नाता प्रमाणित

२३ हकवाला वा हकदार प्रमाणित

२४ नामसारि सिफारीस

२५ जग्गाको हक सम्बन्धि सिफारीस

२६ मृतकको नाता प्रमाणित, सर्जमिन र सिफारिस

२७ उद्योग ठाउँसारी सिफारीस

२८ जिवित रहेको सिफारीस

२९ पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस

३० जग्गा मुल्यांकन सिफारीस प्रमाणित

३१ विदालयको कक्षाबृद्धि सिफारिस

३२ पालन पोषण सिफारिस

३३ बैवाहिक अंगिकृत नागरिकता सिफारिस

लोकान्तर

३४ आर्थिक अवस्था कमजोर, विपन्नता वा सम्पन्नता सिफारिस

३५ विद्यालय ठाउँसारी सिफारीस

३६ धारा तथा विद्युत जडान सिफारीस

३७ प्रचलित कानुन बमोजिम अन्य सिफारिस तथा प्रमाणित

र गाउँपालिका वा नगरपालिकाले तोकिदिएका अन्य कार्य