मोरङ । हावाहुण्डरीले टहरो भत्कीदा मोरङको कटहरी गाउँपालिकामा एक ब्यक्तिको च्यापिएर मृत्यू भएको छ ।

गएराति आएको हावाहुण्डरीमा टहरो भत्किदा कटहरी गाउँपालिका १ का ५२ बर्षिय चन्द्र दासको मृत्यु भएको हो ।विराटनगर महानगरपालिकाको पुर्वी सिमाना हाटखोला पुर्वउत्तर रेल्वे ट्रयाक छेउमा ऐलानी जग्गामा टहरो बनाएर बस्दै आएका दासको सुतिरहेकै अवस्थामा टहरोमा च्यापिएर मृत्यू भएको छिमेकीले जानकारी दिएका छन् ।

हावाहुरीका कारण टहरो लच्किएपछि आफुहरु बेलुकै गएर बाहिर बस्न आग्रह गरेपनि दासले नमानेको प्रत्यक्षदर्शी देवनारायण रायले जानकारी दिनु भयो ।बिहान ५ बजे टहरो पुरै भत्कीएको देखेर हेर्न जाँदा मृतक टहरोको बाँसले च्यापिएको अवस्थामा फेला परेको रायको भनाई छ ।

घटनाको सुचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मुचुल्का तयार पारेर शव पोष्टमार्टमकालागि पठाएको छ ।मृतक दासको श्रीमती र छोराछोरी पुर्वपट्टिको अर्को टहरोमा सुतिरहेका कारण उनिहरु सुरक्षित रहेका छन् । कुकुरपुला भनिने सो स्थानमा १ दर्जन सुकुम्बासी परिवारले घरटहरो बनाएर बसोबास गर्दै आएका छन् ।सुर्योदयअनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah