पुनर्वास । गत बिहिबार भारतीय सुरक्षाकर्मीको गोलीबाट सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको घरमा अहिलेसम्म राहत र किरिया खर्च समेत पुगेको छैन ।

सरकारले गौतमको मृत्यु पश्च्यात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यमले सरकारलाई ध्यानाकर्षण गराएपछि मृत्यु भएको भोली पल्ट नै सहिद घोषणा गरेको थियो । सरकारले सहिद परिवारलाई तत्काल राहत स्वरुप १० लाख उपलब्ध गराउने भनिएता पनि घटनाको ७ औं दिनसम्म पनि सरकारी प्रतिनिधित्व गर्ने निकाय पुगेको छैन । सरकारले घोषणा गरेको कहिले र कसरी पाउने हो त्यो पनि पत्तो छैन ।

सहिद गौतमका ७२ बर्षिय वृद्ध बुबा खेमलाल गौतम ढोकामा बसेर रुँदै भने, ‘अहिलेसम्म न त कुनै सरकारी निकाय पुगेको छ, न त सरकारी राहत ।’ पुनर्वास उद्योग वाणिज्य संघको नेतृत्वमा संयुक्त संघर्ष समितिले बुधबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाललाई भेटी बुझाएको छ ।

सीमा क्षेत्र यथासिघ्र छुट्याएर दीर्घकालीन समाधान खोजिनु पर्ने, पुनर्वासमा ससस्त्र प्रहरीको क्याम्प स्थापना हुनुपर्ने, सहिद परिवारलाई सरकारले घोषणा गरेको क्षतिपुर्ती बढाउनु पर्ने, घाइतेहरुको खोजी गरी तत्काल उपचार रकम उपलब्ध गराउनु पर्ने, दोषीको पहिचान तथा कारवाही गर्नुपर्ने माग गरेको संघर्ष समितिका संयोजक कृष्ण तामाङ्गले बताए ।

प्रमुख जिल्ला अधिकारी खनालले दुई देशीय सीमाविद्हरु आएर सो क्षेत्र अवलोकन गरेर गइसकेको हुँदा तत्काल सीमा समस्या समाधान हुने जानकारी दिएको संयोजक तामाङ्गले बताए ।

सहिद गौतमका जेठा दाजु विष्णु गौतमले सरकारले सुकुम्बासीमा सानो कटेरो बनाएर बसेका परिवारलाई अहिलेसम्म सरकारका कुनै प्रतिनिधिहरु नआएको भन्दै दु:ख व्यक्त गरे । सरकारले सहिद घोषणा गरेपनि सहिद परिवारलाई घोषणा गरिएका राहतहरु उपलब्ध नगराउँदा पीडा झन् बढेको छ  ।

सरकारसँग तत्काल राहत रकम उपलब्ध गराउन कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ का सांसद दिवानसिंह बिष्टले सरकारसँग पहल गरेको नेपाली कांग्रेस पुनर्वास सभापति यमप्रसाद पौडेलले बताए ।

हामीले समाचार सम्प्रेषण गरिरहँदा पुगेका ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका प्रमुख नागेन्द्र प्रसाद जोशीले गृह मन्त्रालयले फागुन २८ गते सहिद घोषणा गरिएको पत्र लिएर आएका थिए । पत्र प्रहरीमार्फत पठाएको र राहतको लागि पहल भइरहेको जोशीले पीडित परिवारलाई जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah