बिष्णुप्रसाद पोखरेल

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीबाट मारिएका गोबिन्द गौतमको परिवारलाइ तत्काल राहत स्वरुप पार्टीले ५ लाख रुपिया प्रदान गर्ने भन्दै चेक हस्ताण्तरण गरे । नेपाली राजनीतिक इतिहासमा अर्को पार्टीको कार्यकर्तालाइ यसरी राजनीतिक दलले यसरी सहयोग गरेको सम्भवत पहिलो घटना हो यो । माओबादी केन्द्रका भनेर प्रचार गरियो गौतमलाइ तर उनि मरिसकेपछि उनि शहिद बने । किनकी उनि देशका लागि बिदेशी सुरक्षाकर्मीको गोली खाएर मरेका थिए ।
हिजो र आजका अनलाइन र पत्रपत्रिकामा पीडित परिवारको बिलौना आएको थियो । आजसम्म कसैले साहानूभूति प्रकट गर्न र अप्ठेरो बुझ्न आएको छैन । क्रिया खर्चको समेत अभाव रहेको छ । त्यहि बुझेर होला एमालेले उच्च साहस र जनताप्रति आफ्नो जिम्मेवारी वहन गरेर ५ लाख रुपिया प्रदान गर्ने निर्णय गर्यो । ओलीले शहिदको घर पुग्ने बताउदै यो निर्णय भएको सुनाए । यो एउटा नेतृत्वमा हुनु पर्ने सवल गुण हो । तर एकजना बिश्लेषकको भेषबुक स्टाट्स देख्दा मलाइ केहि कुरा लेख्न मन लाग्यो र लेख्दैछु ।
महेश्वर श्रेष्ठले आफ्नो फेसबुक स्टाट्समा‘अब गोविन्द गौतमको सहादत भन्दा ५ लाख रुपिया र एउटा ल्यापटप धेरै ठूलो कुरा हुन्छ। पैसा हुनेले संसार किन्न सक्छ।’ लेखेकाछन् । अहिलेसम्म शहिद घोषणा गरेर राहत बितरण भए सबै त्यो शहिदको अपमान भएको थियो ? सबैभन्दा बढि त माओबादीले शहिद घोषणा गर्दै राज्यबाट पैसा लिएको छ । त्यो अपमान हो ? कमसेकम यो काम राजनीतिक दलहरुका लागि सरकारलागि एउटा गतिलो झापड होइन र ? पीडित परिवारमा ठूलो बज्रपात भएको छ र अब गौतम फर्केर आउदैनन् तर उनको परिवारको भरणपोषणको जिम्मा जनताको नाममा राजनीति गर्छौ भन्ने राजनीतिक दलहरुको होइन ? उनिहरुले त्यो परिवारलाइ सहयोग गर्नु पर्दैन ? अनि कसरी भयो अपमान ?
राजनीति दल र नेतामा हुने गुण एमाले यसका पार्टी अध्यक्ष ओलीले देखाएकाछन् । शहिदप्रति र शहिद परिवारप्रति गर्नु पर्ने सम्मान दर्शाएकाछन् । यो एउटा राजनीतिक दलहरुलाइ पाठ हो । गौतम परिवार अहिले बिचल्लिमा छ । आर्थिक अवस्थाले कमजोर यो परिवारलाइ भरथेक गर्नु हामी सबैको दायित्व हो । यस्तो अवस्थामा सहयोगलाइ बग्याएर परिभाषित गर्नु बिकृत मानसिकताको उपज हो । आफूले गर्दा सबै राम्रो र आफूले नगर्दा सबै नराम्रो भन्ने बिचार त्याग्नु पर्छ । राम्रोलाइ राम्रो भन्न सिकौ । गलतलाइ गलत भनौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय