दमक/यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकार प्रत्याभुत र लाञ्छना बिरुद्ध सचेतना संगै सामाजिक योगदान पुरयाउने उदेश्यले लिड नेपाल दमकले रक्तदान कार्यक्रम गरेको छ ।

दमकको बेलडाँगी रोडमा रहेको आफ्नै कार्यालय छेउमा रक्तदान गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लिड नेपालका अध्यक्ष शुशिल पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबारे लिड नेपाल कार्यक्रम संयोजक चञ्चला सुब्बाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

सामाजिक पहिचान र अधिकारको लागि लडि रहेको अवस्थामा यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा लिईएको पनि सुब्बाले जनाइन् ।