एजेन्सी । भारतमा एक महिलाले पब्जी खेलका कारण आफ्नो श्रीमानसंग सम्बन्ध विच्छेद मागेकी छन् । पब्जीखेलको लत बसेकी भारतको अहमदाबाद बस्ने १९ वर्षीया ती महिलाले आफ्ना श्रीमान्संग सम्बन्ध विच्छेद मागेकी हुन्। उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि रहेको जनाईएको छ।

राज्यको महिला हेल्पलाइन (१८१) मा फोन गरेर उनले आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काउन्सलरका अनुसार ती महिलाले १८ वर्षको उमेरमा एक निर्माण व्यवसायीसँग विवाह विवाह गरेकि थिइन्। पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् । काउन्सलरले ती महिलालाई हुर्कँदै गरेकी छोरीको भविष्यको ख्याल गर्दै आफ्नो फैसलामा पुनर्विचार गर्न भनेका छन्।

पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ। यस्तै गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो। पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक रहेको जनाईएको छ।