काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सचिवालयको बैठक बोलाइएको छ एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आज बैठक बोलाइएको बताइएको छ । एकता प्रक्रियाका बाँकीकाम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको नेकपाका एक नेताले  जानकारी दिएका छन ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको थियो । सो लगत्तै आज बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको एक नेताले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन् । पार्टी एकता प्रक्रियाको अन्य विषयमा टुङ्गो लागे पनि आयोगको विषयमा छलफल भई टुङ्गो लाग्न बाँकी छ । आइतबार बस्ने बैठकमा सो विषयमा केन्द्रित भएर छलफल हुनेछ । न्यूज अफ नेपाल