
पुनर्वास । नेकपा एमाले केन्द्रिय उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री भिम रावालले सहिद गौतमको परिवारलाई भेटी सहानुभूति प्रकट गर्दै पाँच लाखको चेक र एउटा ल्यापटप हस्तान्तरण गरेका छन । शनिबार सहिद गौतमका आमाबुवा तथा श्रीमतीलाई भेट्न पुनर्वास पुगेका नेता रावलले महान सहिदलाई जन्म दिनु हुने आमालाई धन्यवाद समेत ज्ञापन गरे ।
यसैक्रममा उनले सुरु देखि नेकपा एमालेले भारतको बैधानिक वा अबैधानिक नाकाहरुमा चेकजाँच पोष्ट स्थापना गर्न माग गरेको उपाध्यक्ष बताए । भारतले यस सम्बन्धमा तुरुन्त माफी माग्नु पर्ने बताउदै, भन्दै नेता रावलले गौतमको हत्याका बिषयमा भारतले माफी नमागे र क्षतिपुर्ती उपलब्ध नगराए एमाले चुप लागेर नबस्ने समेत तर्क गरे ।
गाैतमले सिमाक्षेत्रमा बसोबास गर्ने नेपालीले आफ्नो ज्यान त्यागेर पनि सिमा बचाउ गर्छ भन्ने उदाहरण दिएर गएकाे रावलकाे बुझार्इ छ । यस्तै भारतीयहरुको आक्रमणमा परि साेहि घटनामा गम्भीर घाइते भएका टिकाराम चापागाईंलाई उनकै निवासमा गएर ५० हजार नगद दिने घोषणा पनि रावलले गरे ।
यस्तै पुनर्वास नगर कमिटी समन्वय समिति एमालेको तर्फबाट नगद १२ हजार नगर संयोजक स्थिर प्रसाद घिमिरेले हस्तान्तरण गरेका छन । घटना संघर्ष समितिले सात सुत्रीय माग राख्दै एमाले केन्द्रिय कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । । सहिद गौतमको परिवारलाई भेटन कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा तथा उपाध्यक्ष रावल पुनर्वास पुगेका हुन् ।



