दमक/नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिनु भएको छ ।

 

नेपाली कांग्रेसले शुरु गरेको हिमाल, पहाड, तराई मधेस नेपाली कांग्रेस जनजागरण अभियानको आज झापाको कमल गाउँपालिकामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले कांग्रेस सरकारको वा विकासको विरोधमा उत्रिएको नभई औचित्य र आवश्यकता पुष्टि गर्ने किसिमका विकास गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्नु भयो ।

 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दमकमा भुकम्प संग्राहालयको आवश्यकता र औचित्य पुष्टि गर्न चुनौती दिनु भयो ।

 

उहाँले भन्नु भयो –भुकम्पले थिलथिलो भएका पीडितहरुलाई घर बनाउने योजनामा लाग्नुको सट्टा सरकार सिन्धुपाल्चोकमा बनाउनु पर्ने भुकम्प स्मृति संग्राहालय दमकमा बनाउन लाग्दैछ के यो दमकको आवश्यकता हो ?

 

उहाँले दमकमा पाँच हजार सुकुम्बासीले बस्ने ठाउँ माग्दै नगरपालिकामा निवेदन दिएको जानकारी आफूले पाएको भन्दै सुकुम्बासीलाई घर बनाउने जग्गाको बन्दोबस्ती गरिनु आवश्यक भएको स्मरण गराउनु भयो । उद्घाटन कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापाले नेपाली कांग्रेसले ल्याएको जनजागरण अभियानले कार्यकर्ताहरुमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गर्नु भयो ।

 

सभापति थापाले कार्यकर्ताहरुलाई सरकार र नेकपाका भ्रष्टाचारपूर्ण गतिबिधीको विरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन पनि दिनु भयो । कांग्रेस सम्बद्ध नेपाल महिला संघकी नेतृ दिपा गौतमले कांग्रेस नेतृत्वले स्थानीय कार्यकर्ताहरुको भावनालाई सम्बोधन गर्न आवश्यक रहेको सुझाउनु भयो ।

 

उहाँले पार्टी हित विपरीतका गतिबिधि गर्ने लाई दण्डित र योगदान दिनेलाई सम्मान गर्ने परिपाटीको विकास हुन आवश्यक रहेको सुझाउनु भयो । पार्टीका कमल गाउँ समिति सहसंयोजक राजकुमार न्यौपानेले पार्टी हित विपरित, निर्वाचनमा अन्तर्घात गर्ने जुुनसुकै तह तप्काका अन्तर्घातीहरुलाई कारवाही गरेर पदमुक्त नबनाए सम्म कांग्रेसले उचाई नलिने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।

 

कार्यक्रम पार्टीका कमल गाउँ समिति संयोजक खगेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah