बीबीसी। एक रिपोर्टका अनुसार उत्तर कोरियाका हजारौं युवतीलाई चीनमा देह व्यापार गर्न बाध्य पार्ने गरिन्छ। लन्डनस्थित ‘कोरिया फ्यूचर इनिशिएटिभ’ को रिपोर्टमा उत्तर कोरियाली महिला र युवती अपहरण गरेर वेश्याका रुपमा बेच्ने गरेको उल्लेख गरिएको बीबीसीले जनाएको छ।

 

उक्त रिपोर्टमा ती महिला तथा युवतीलाई चिनियाँ पुरुषसँग विवाह गर्न पनि बाध्य पारिने गरेको उल्लेख छ। रिपोर्टका अनसार चीनमा आपराधिक संगठन ‘सेक्स ट्रेड’ मा सक्रिय छ र यो ट्रेड वर्षेनी दश करोड डलरको छ।उत्तर कोरियाकी महिला सेक्स ट्रेडमा यस कारण पनि फस्छन् चीनले उनीहरुलाई यदि फिर्ता पठायो भने उत्तर कोरियामा ठूलो यातनाको सामना गर्नुपर्छ।

 

रिपोर्टका लेखक योन ही–सोनले भने, ‘उत्तर कोरियाली महिला तथा युवतीलाई मात्र ३० चिनियाँ युआनकालागि वेश्या बनाइन्छ। १००० युआनमा उनीहरुलाई श्रीमती बनाएर बेच्ने गरिन्छ।’उक्त रिपोर्टका अनुसार उत्तर कोरियाली महिलालाई उत्तर–पूर्वी चिनियाँ जिल्लाका वेश्यालयमा नोकर बनाएर राखिन्छ, जहाँ ठूलो जनसंख्या आप्रवाशी कामदारको छ।

 

यौन उत्पीडनको शिकार बनाइएको मध्ये कसैको उमेर ८÷९ वर्षको मात्र पनि हुन्छ। उनीहरुलाई ब्यालमेल गरेर टाढा ग्राहक भएका ठाउँमा पुर्याइन्छ। ती मध्ये धेरै ग्राहक दक्षिण कोरियाका भएको बताइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah