एजेन्सी । माछा मार्न गएका जिम्बावेका एक माझीको गोहीले लिङ्ग खाई दिएपछि मृत्यु भएको छ । केही दिन अघि ऐलेडाले स्थिति फार्म नजिकै माछा मारिरहेका जिम्बावेका नागरिक पल न्यामहान्जाको गोहीले लिङ्ग खाइ दिएपछि मृत्यु भएको हो ।
पल न्यामहान्जा हरारेको होप्लेका भन्ने ठाउँका वासिन्दा रहेका छन् । स्थानीय संचारमाध्यमका अनुसार गोहीले उनको लिङ्गनै टोकेर निलेको थियो । पल न्यामहान्जाका भाई जेरिमिआहकाले दाईको मृत्यु भएको पुष्टी गरेका छन् ।
उनको मृत्युपछि प्रहरीले त्यहाँका नागरिक तथा माझीहरुलाई बाँधबाट टाढै रहन सुझाव दिएको छ । पानी नजिक जानुले गोहीले आक्रमण गर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको हो ।



