सुरेश गौतम
२१ फागुनवाट झापाको काकडभिट्टाबाट सुरु भएको एमालेको मेची–काली राष्ट्रिय अभियान कञ्भनपुरमा पुगेर चैत ४ मा नै समापन भएको छ । प्रदेश नम्बर सातको सुर्खेतमा विशाल आमसभा गरेर चैत्र ५ गते समापन सभाका हिसावले विधिवत समापन मानिनेछ । यस अभियानको मेघा सन्देश थियो नयाँ संविधान हिमाल, पहाड र तराईका जनताले मिलेर बनाएको राष्ट्रिय एकतार सामाजिक सद्भाव कायम राख्नको लागि निर्माण गरिएको यस संविधानको जानकारी दिन र जनताप्रति कृतज्ञता ज्ञापन गर्न पनि एमालेले मेचीकाली अभियान आयोजना गरेको थियो । संविधान जारी भएपछि नेपाली जनताको चाहना पूरा भएको छ ।
भारतमा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशत मतबाट संविधान बनेको थियो भने नेपालमा ९० प्रतिशत जनताका प्रतिनिधि, मधेसी, जनजाति, महिला, मुस्लिम, थारु, दलितको ठूलो हिस्साले समर्थन गरेका यस संविधानलाई केहि मधेशका क्षेत्रिय दलहरुले नेपालकोराष्ट्रिय एकतालाई मधेश र पहाडको नाममाकसैको इसारामा यस संविधानलाई असफल वनाउन संशोधनको नाममा मधेशका निमुखा जनतालाई उनीहरुले प्रयोग गर्न खोजिरहेका छन् । जुन भ्रमलाई तोड्न लाखौ जनताको विचमा यो अभियान सफल भएको छ ।
एमालेलेमधेसमा संविधानका बारेमा जानकारी गराए पछि क्षेत्रिय मधेशीदलका भ्रमको खेती सकिन्छ भनेर अवरोध खडा गर्न खोजियो तर नेकपा (एमाले) लाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न सक्दैन भन्ने सन्देश यो अभियानले दिएको आम जनताले आत्मसाथ गरेका छन् । साथै यो संविधान नेपाली जनताले आफ्ना लागि आफै बनाएका हुन् अरु कसैले चिन्ता गर्नुपर्दैन र विश्वमा यति समावेशी, समानुपातिक र पहिचान झल्काउने संविधान कुन देशमा छैन नेपालमा मात्र छभन्ने सन्देश यस अभियानमाएमालेले दिएको छ । यसमा एमाले सफल भएकोछ । नेकपा (एमाले) ले नेतृत्व गरेका हरेक सरकारले मधेसलाई विशेष ध्यान दिएको छ ।
तराई समस्या अध्ययन कार्यदल, मदरसा अध्ययन कार्यदल निर्माणदेखि मधेसमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्गलाई गति, तराई जोड्ने द्रूत मार्ग निर्माण, मधेसका सदरमुकामलाई विशेष बजेट, बाटो विस्तार, सिचाइँ आयोजना जस्ता कामको जानकारी मधेशी जनताको विचमा पुराउने काममा यो अभियान सफल भएको छ । एमाले र मधेसको सम्बन्ध अन्योन्याश्रित छ । नङ र मासु जत्तिकै छ । यसको स्थापना, विकास र विस्तार मधेसमै भएकाले कसैले चाहेर पनि एमालेलाई मधेशमा अवरोध गर्न सक्दैन भन्ने सन्देश यो अभियानले प्रदान गरेको छ ।
नेकपा एमालेको दोस्रो अभियान –समृद्ध नेपालको यात्रा
नेकपा एमालेको पहिलो मेची–महाकाली राष्ट्रिय अभियान राष्ट्रिय एकता र सामाजिक जागरणको अभियानको रुपमा रहयो भने अवको दोेस्रो अभियान समृद्ध नेपालको निर्माण गर्ने यात्राको पक्षमा रहनु पर्नेछ । समृद्ध नेपाल वनाउने नेकपा एमालेको मात्र माग नभएर राष्ट्रको आवश्यकता र जनताको माग भएको हामीहरुले वुझ्नु पर्छ । अव एमालेले भावनात्मक एकीकरणलाई समृद्ध नेपाल निर्माण गर्ने अभियान सिंगो मुलुकको अभियान वनाएर यस अभियानमा सहभागी हुन आम नागरिकलाई आह्वान गर्नुपर्छ ।
अव एमालेले राष्ट्र निर्माणको आधुनिकीकरणको नेतृत्व लिनुपर्छ । नेपालको भबिस्य एमालेले बनाउने हो । बिद्यमान अन्योल र अनिश्चितता हटाइ देशमा उत्साह र आसाको सन्देश र बिश्वास एमालेले नै ल्याउने हो।
आज देश संक्रमणकालीन अवस्थामा छ, राजनीतिक हिसावले, आर्थिक हिसावले, सामाजिक हिसावले अनेक हिसावले संक्रमणकालीन अवस्थामा छ । आज देशलाई राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक सबै हिसावले ठीक बाटोमा हिंडाउने सोच, विचार र नीति नेकपा एमाले बाहेक अरुसँग छैन । निरंकुश राजतन्त्र सकिएर प्रजातान्त्रिक संबैधानिक ब्यवस्था भएपछि र निर्दलीय ब्यवस्था सकिएर बहुदलीय ब्यवस्था आएपछि अन्तराष्ट्रिय परिस्थितिको केही पृष्ठभूमीका कारण नेपाली कांग्रेस प्रमुख पार्टीका रुपमा आयो । त्यसपछिको आर्थिक विकास के हो त भन्दा एउटा उदारीकरण, खुला अर्थतन्त्र, वजारमुखी अर्थतन्त्र, निजिकरण यसैमा गयो । यही कुरामा बढ्ता जोड रह्यो । नेपालको आर्थिक उन्नतीका निम्ति त्यो न बाटो थियो न समाधान थियो । उदारीकरण, वजारीकरण र निजिकरणले सार्वजनिक स्वामित्वका औद्योगिक संस्थाहरु प्रतिष्ठानहरुलाई निजि क्षेत्रमा बेचिदिने । नेपाली कांग्रेसले त्यसभन्दा रचनात्मक सोचहरु, आर्थिक उन्नतीका सोचहरु, विकासका सोचहरु ल्याएन ।
अर्काेतर्फ माओवादीले ०५२ सालदेखि क्रान्तिको नाममा एउटा बितण्डा ल्यायो, आतंक ल्यायो, लुटपाट, हिंसा, हत्या अपराध जस्ता कार्यक्रमले जनतामा निरासामात्र देखा पर्यो जसले गर्दा देश उन्नती तर्फ सोच अगाडि वढ्ने सम्भवै थिएन । माओवादीहरुले देशलाई राजनीतिको नाममा जातिवादी र अतिवादतिर डोराउने काम गरे जसको परिणाम आज नेपाली जनताले भोग्दै छन राष्ट्रले भोग्दैछ । द्धन्द्धको घाउ अझै निको हुन सकेको छैन, द्धन्द्ध शुरु गराउनेहरु सत्तासीन भएता पनि यसमा उनीहरुको ध्यान छैन।अब एमालेले सक्षम द्धन्द्ध व्यवस्थापनका माध्यमबाट विकास प्रक्रियामा देखापर्ने द्धन्द्धलाई कम गर्दै सामाजिक विश्वास बढाउनु जरुरी छ । बिकास प्रसाशन अत्ति नै कम्जोर भएकोले तुरुन्तै सुधारको अपेक्षा जनताहरुमा रहेकोछ ।
संक्रमण लम्बिएको कारणले सर्बत्र अन्योल र अनिस्चितता बिद्यमान छ । अव जनताहरुले यो सवै पार लगाउने अपेक्षा नेकपा एमालेले मात्र गर्न सक्ने बिश्वास गर्दछन् । सामाजिक बिकासमा मधेशका केही जिल्लाहरु अगाडि देखिएता पनि निकै जिल्लाहरुमा समाजको पछौटेपना बाँकी नै छ।दलित र गैरदलित बीच चरम भेदभाव छ भने महिलाहरु पिछडिएका छन्।तराइ र पहाड वीचको मनोबैज्ञानिक खाडल पुर्नु जरुरी छ।तसर्थ तराइमा सचेतना र सामाजिक बिकासलाइ प्राथमिकता दिनु पर्ने भएको छ।तराइ र भित्री मधेश र तराइ पहाड बीच आर्थिक सामाजिक अन्तर सम्बन्ध स्थापित गर्नु प्रथम आबश्यकता भएको छ। बिशेषतः शिक्षा र स्वास्थ्य सेवाहरुको स्तरबृद्धि गर्नु पनि आबश्यक छ । यसको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।
अबको बाटो
अव एमालेले राष्ट्र निर्माणको आधुनिकीकरणको नेतृत्व लिनुपर्छ । नेपालको भबिस्य एमालेले बनाउने हो । बिद्यमान अन्योल र अनिश्चितता हटाइ देशमा उत्साह र आसाको सन्देश र बिश्वास एमालेले नै ल्याउने हो।अल्पबिकशित रुपमा रहेको नेपाललाइ रुपान्तरण गरी आर्थिक सामाजिक समृद्धि सहित विकासको माथिल्लो तहमा पुर्याउने जिम्बेवारी एमालेको काँधमा रहेको छ । बिद्यमान अबस्थामा अन्य राजनीतिक पार्टीहरुले अदृश्य शक्तिको इसारामा आआफ्नो स्वर्थ पुरागर्न मात्र तल्लिनछन् । जनताहरुले यो प्रत्यक्ष महशुस गरिसकेका छन् । नेपालमा एकमात्र गौरवशाली हाम्रो पार्टी एमालेले राजनीतिक क्रान्तिको नेतृत्वगर्न सफल भएको र देश, जनता र राष्ट्रियता प्रति चेतनशील पार्टी भएकोले अब आर्थिक समृद्धि हासिल गर्न सवैलाइ परिचालन गर्ने वेला भएकोछ ।
राष्ट्र र राष्ट्रियता प्रति संबेदनशील र गम्भिर हुने एमाले जस्तो राजनितिक पार्टीको अगुवाइको पर्खाइमा नेपाली जनता छन् । जसको अनुभव यस अभियानवाट पनि प्रमाणित भईसकेको छ । यस अर्थमा अब नेकपा एमालेका सामु राष्ट्रिय हित र जनताको सुख समृद्धिलाइ केन्द्र भागमा राख्दै सामन्ती अबशेषहरुलाइ समाप्त पार्ने, प्रगतिशील उत्पादक शक्तिको तीब्रता साथ बिकास गर्ने, आर्थिक बिकासलाइ केन्द्रबिन्दुमा राखेर राष्ट्रलाइ अधि बढाउने र मूलुकलाइ समृद्ध र समुन्नतीको दिशातिर छिटो छीटो अग्रशर गराउने कार्यभारहरु छन् । यस कार्यभारलाई सफलवनाउनको लागि अव एमालेले दोस्रो अभियानको रुपमा समृद्ध नेपालको यात्रा कार्यक्रमलाई अगाडि वढाउनुपर्छ ।
गौतम नेकपा एमाले युवा तथा खेलकुद केन्द्रीय विभागका सदस्य हुन् ।
–



