दमक/लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्वले इलामको श्रीअन्तुमा फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । क्लवको अध्यक्षमा ज्ञानु पौड्याल चयन भएका थिए ।
फेलोसिप कार्यक्रममा लायन्स लिडरहरुको समेत उपस्थिति रहेको थियो ।
लायन्स लिडर अजय अग्रवालले लायन्स अभियानलाइ शशक्त बनाउनका लागि लायन्स क्लव र सदस्यहरु सक्रिय रुपमा लागेको भन्दै प्रशंशा गरेका थिए ।
उनले यस क्षेत्रमा सेवाका हातहरुलाइ अझ शशक्त बनाउन पनि जोड दिए ।

लायन्स क्लवहरुका हरेक गतिबिधिमा आफु सहभागि हुने प्रतिबद्धता जनाए ।
जोन चियर पर्सन धर्मानन्द भट्टराइ, रामचन्द्र बराल लगायत पनि कार्यक्रममा सहभागि रहेका थिए ।
क्लवका अध्यक्ष ज्ञानु पौड्यालले आफुलाइ जिम्मेवारी दिएकोप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा सबैको सहयोग र साथ रहनेमा विश्वस्थ रहेको बताएका थिए ।
क्लवको नयाँ नेतृत्वका लागि प्रथम उपाध्यक्षमा हेमसिं अधिकारी, दोस्रो उपाध्यक्षमा राजु खड्का, तेश्रो उपाध्यक्षमा बिमल नेपाल चयन भएका थिए ।
यसैगरी सचिबमा रामचन्द्र मिश्र र कोषाध्यक्षमा गोपाल बस्नेत छानिएका थिए ।
यसैगरी पब्लिक रिलेसन अफिसरमा पवन लुइटेल र अन्तराष्ट्रिय जनसम्पर्कमा राजु न्यौपानेले जिम्मेवारी पाएका थिए ।











