दमक/सामाजिक क्षेत्रमा क्रियाशिलतासगै क्षमता बिकासमा लागेका इन्ट्रयाक्ट क्लवहरुको छैठौ राष्ट्रिय सम्मेलन शुक्रबारदेखि चितवनको सौराहमा हुने भएको छ ।
छैठौ इन्ट्रयाक्ट डिस्ट्रिक कन्फरेन्समा सहभागि हुनका लागि झापाको दमकबाट यहाँ रहेको इन्ट्रयाक्ट क्लवका पदाधिकारी पनि त्यसतर्फ लागेकाछन् ।
झापा मोडल इङ्लिस स्कूल (जेम्स) मा इन्ट्रयाक्ट क्लव रहेको छ ।
प्रीन्सिपल सागर श्रेष्ठ सहित सहित कार्यक्रममा सहभागिता जनाउने बताईएको छ ।
श्रेष्ठका अनुसार यहाँ क्लवका गतिबिधि आदानप्रदान संगै नेतृत्व र ब्याक्तित्व विकासबारे बिज्ञहरुलाइ बिद्यार्थीहरुलाइ ब्यवहारिक ज्ञान प्रदान गर्नेछन् ।
शुभम राय, उसा न्यौपाने, रोजेन न्यौपाने, आश्ना दाहाल, कृतज्ञता थापा, प्रसिद्धि अर्याल, सेभिका अधिकारी, आरोग्य भण्डारी र अमन जैसवाल उक्त कन्फरेन्समा सहभागि हुनेछन् ।











