दमक/झापाको दमकमा आज तीन वटा लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।

दमकको गणतन्त्र चोकमा लायन्स क्लब अफ दमक इष्टर्न लायन, दमक गोल्ड र लियो क्लब अफ इष्टर्न लायनले संयुक्त रुपमा आयोजना गरेको रक्तदानमा लायन्सकर्मी तथा अन्य इच्छुक रक्तदाताहरुले रगत दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इष्टर्न लायनका अध्यक्ष विमल शर्माको अध्यक्षता र लायल लिडर अजय अग्रवालको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाले प्राविधिक सहयोग गरेको थियो । लायन्स क्लबहरुले बर्षभरी गरिने विभिन्न सामाजिक कामहरु मध्ये रक्तदानलाई उच्च प्राथमिकता दिदैं आएका छन् ।