काठमाडौं : विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ ।
विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ?!’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो ।
गत बिहीबारको मितिमा एकजना पाकिस्तानी आरोही करिम शाह निजारीले शिखरमा रहेका तीनमध्ये बसेका एक आरोहीले विश्वको सर्वोच्च शिखरमा हस्तमैथुन गरेर ‘कीर्तिमान ?!’ बनाएको दाबी गरेसँगै नेपालमा हंगामा भएको हो।
https://twitter.com/shahnizari/status/1131609973128081408उनले अमेरिकी नागरिक रेक्सुनले बिहीबार बिहान ११ बजेर ११ मिनेटमा १२० जना आरोहीसामूह सगरामाथा शिखरमा हस्तमैथुन गरेको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा हस्तमैथुन गरेको भनिएको फोटो भाइरल भएपछि आक्रोश बढेको थियो। केही समाचार अनलाइनहरुले यसको तथ्य बुझ्दै नबुझी ‘सगरमाथामा हस्तमैथुन’ शीर्षकको समाचार बनाएर प्रकाशित गरेका छन् ।
तर यो तस्बिर सन् २००८ मा खिचिएको जानकारी पर्यटन विभागले दिएको छ । विभागकी निर्देशक मिरा आचार्यले सन् २००८ मा खिचिएको फोटोलाई यही सिजनको भनेर गलत आशयसहित प्रकाशित गरिएको आपत्ति जनाएकी छन् ।
वास्तविक फोटोः

आचार्यले यसबारेमा विभागको आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बताएकी छन् । उनले सगरमाथालाई लिएर भ्रम छर्ने काम नगर्न पनि अपिल गरेकी छन् ।
पर्यटन विभागले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै पुराना फोटा तथा भिडियोहरु राखेर सगरमाथाको गरिमा घटाउने गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।
विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘पुराना फोटा तथा भिडियोहरु राखी सगरमाथाको महत्त्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनासय एवम् दुष्प्रचारप्रति यस विभागको गम्भीर ध्यानकर्षण भएको छ ।’
थाहा खबर बाट साभार गरिएको










