दमक/झापाको दमक ११ स्थित मुख्य चोक नजिक रहेको देवकोटा चोकमा एक कम्यूटर तथा ल्यापटप पसलमा गयराती चोरी भएपछि दमकका ब्यापारीहरुले सुरक्षाका माग गरेकाछन् । दमकका युवा ब्यवसायि बिदुर नेपालले सञ्चालन गरेको सफल कम्यूटर सप्लायर्ष बाट ४ वटा ल्यापटप सहित बिभिन्न सामाग्रिहरु गरेर ३ लाख भन्दा बढिको सामाग्रिहरु चोरेको बताईएको छ । पीडित कम्यूटर ब्यवसायि नेपालले इलाका प्रहरी कार्यालय दमकमा चोर पत्ता लगाएर कार्वाही सहित आफ्ना चोरीका सामाग्रिहरु पत्ता लगाइदिन निवेदन दिएकाछन् । राती साढे १२ बजेको समयमा चोरी भएको त्यहाँ रहेको सिसिटिभिले कैद गरेको छ । सामानहरु हालेको, छानिछानि ल्यापटप र अन्य उपकरणहरु हालेको दृश्यहरु सबै कैद रहेको जनाइन्छ । करिब ४५ मिनेट लगाएर चोरहरुले त्यहाँबाट सामान चोरेको सिसिक्यामेरामा कैद रहेको प्रहरी श्रोतले पठाएको छ । कम्यूटर तथा इलोक्ट्रोनिक ब्यवसायि र दमक उद्योग बाणिज्य संघले यस बिषयमा इलाका प्रहरी कार्यालय दमकको ध्यानकर्षण गराउदै सुरक्षाको ब्यवस्था मिलाउनका लागि आग्रह गरेकाछन् । दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले तत्काल चोर पक्राउ गरेर चोरिएको सामान फिर्ता गराउन प्रहरीसंग माग गरिएको जनाए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले चोरीको घटना सिसि क्यामेरामा कैद भएकाले चाडै चोर पत्ता लाग्न सक्ने बताए । अन्य पसलहरु चोरी हुन नदिन भरपर्दो सुरक्षा ब्यवस्था मिलाउन आफू लागि पर्ने लिम्बुले बताए । उनले भने—‘सुरक्षाको बिषयमा शंका नगर्न म आग्रह गर्दछु र चाडै चोर पत्ता लगाउन हामी कोशिस गर्ने छौ ।’
नाट्कीय शैलीमा दमकको सफल कम्यूटर पसलमा चोरी
सवाल नेपालसंवाददातासोमबार, ५ चैत २०७३

नाट्कीय शैलीमा दमकको सफल कम्यूटर पसलमा चोरी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



