उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले अमेरिकालाई आणविक हतियार प्रयोग गरेर खरानी बनाइदिने धम्की दिएका छन् । अमेरिकाले उत्तरलाई एक गोली मात्र पनि हान्यो भने उसलाई खरानी बनाइदिने धम्की दिएको हो । दक्षिण कोरियासँगको तनाव बढ्दै जाँदा प्योङयाङले आणविक वारहेडसहितको ह्वासङ रकेट प्रयोग गर्ने धम्की दिएको छ । किम जोङ–उनको विदेश मन्त्रालयले पछिल्लो परीक्षणअगावै मार्च महिनाको शुरुतिर यो वक्तव्य जारी गरेको थियो ।
द डेली मेलबाट



