जापान । जापानको योकोहामामा रहेको एक विद्यालयमा अध्ययरत छात्राहरुमाथि सांघातिक चक्कु आक्रमण हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ।

योकोहामा रहेको सो प्राथमिक विद्यालयको छैटौं तहमा अध्ययनरत बालिका र अर्का एक ३० बर्षीय पुरुष सहित आक्रमणकारीको पनि उपचारको क्रममा ज्यान गएको जापान प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार बिहान भएको उक्त चक्कु आक्रमणमा परी प्राथमिक विद्यालयमा अध्ययनरत १६ जना बालिकासहित १८ जना घाईते भएका थिए। जस मध्य २ जनाको मृत्यु भएको हो भने एक आक्रमणकारीले आफैँलाई घाँटीमा चक्कुले हानेर आत्माहत्या प्रयास गरेका थिए। गम्भीर घाईते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।