काठमाण्डु, १४ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापाको भूमिकालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन् ।

गृहमन्त्री थापाले सोमबार संसदमा विप्लवका चार कम्पनी जनसेना रहेको बताएपछि प्रवक्ता शर्माले गृहमन्त्री थापाले विप्लवको प्रचार गरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

नेपाल प्रेस युनियनले सोमबार काठमाण्डुमा गरेको कार्यक्रममा शर्माले भने, ‘हिजो विप्लव र रामबहादुर थापा बादलहरू सँगसँगै काँधमा काँध मिलाएर हिँडेका थिए । आज गृह मन्त्रालयमा बसेर संसदमा उभिएर यति सेना छन् उति छन् भनेर भन्ने अधिकार गृहमन्त्रीलाई कसले दियो ?,’ शर्माले प्रश्न गरे, ‘प्रधानमन्त्रीजी बादल तपाईंको गृहमन्त्री हो कि विप्लवको प्रचारमन्त्री ?’

संसदमा बोल्दै गृहमन्त्रीले नेत्रविक्रम चन्द विप्लवले चार कम्पनी खडा गरेको र नेकपा नामको पार्टी गठन गरेको बताएका थिए । साथै शर्माले विप्लवलाई हिंसाको बाटो छाड्न आग्रह गरेका थिए । सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएको छ । यसैक्रममा आइतबार अनामनगर र सुकेधारामा भएका विस्फोटमा चार जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah