काठमाडौं – भारतमा लोकसभा चुनाव चलिरहेको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका डिभाइडर इन चीफ अर्थात् प्रमुख विभाजनकारीको संज्ञा दिने टाइम पत्रिकाले ठ्याक्कै उल्टो शीर्षकमा एक लेख छापेको छ ।

मंगलवार प्रकाशित उक्त लेख वैशाख २७ गते प्रकाशित लेखको शीर्षकभन्दा पूरै फरक छ । ताजा लेखको शीर्षक छ – मोदी ह्याज युनाइटेड इन्डिया लाइक नो प्राइम मिनिस्टर इन डिकेड्स अर्थात् दशकौंसम्म कुनै पनि प्रधानमन्त्रीले मोदीको जस्तो भारतलाई एकजुट बनाएको थिएन ।

यो लेख मनोज लडवाले लेखेका हुन् । उनले लेखे, ‘मोदीका प्रगतिशील नीतिहरूले हिन्दू र धार्मिक अल्पसंख्यक लगायत तमाम भारतीयहरूलाई गरीबीबाट बाहिर निकालेका छन् । अघिल्लो पुस्ताभन्दा बढी तीव्र गतिमा यसको प्रगति भएको छ ।’

‘मोदीका नीतिहरूको कटु तथा अन्यायी आलोचना भए पनि उनले आफ्नो पछिल्लो कार्यकाल र यस चुनावमा भारतीय मतदाताहरूलाई एकजुट गराए जुन पाँच दशकमा कुनै पनि प्रधानमन्त्रीले गरेका थिएनन् ।’

मोदीका बारेमा वैशाखमा प्रकाशित आतिश तासीरको कभर स्टोरीमा चाहिँ मुसलमानहरूमाथिको कुटपिट र उत्तर प्रदेशमा योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाइएको समेत विषय उठाएर मोदी सरकारको आलोचना गरिएको थियो ।

चुनावको बीचमा आएको त्यो स्टोरीले भारतमा निकै चर्चा पाएको थियो । मोदी समर्थकहरूले त्यसको कठोर आलोचना गरेका थिए भने मोदीविरोधीहरूले त्यसलाई प्रशंसा गरेका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah