लण्डन । लण्डनमा घरमा आगलागी हुँदा एक नेपाली महिलाको मृत्यु, भएको छ भने श्रीमान र छोराछोरी घाइते भएका छन् । साउथ ईस्ट लण्डनको अर्पिङटनमा आफ्नै घरमा आगलागी हुँदा ४५ वर्षीया रञ्जना गुरुङको मृत्यु भएको हो ।
बेलायती अखबार ‘द सन’ ले जनाए अनुसार आगलागीबाट मृतकका श्रीमान हिम गुरुङ गम्भिर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ । त्यस्तै आगलागीमा उनका १७ वर्षीय छोरा एलन र १० वर्षीय छोरी एञ्जल घाइते भएका छन् ।
सोमबार राती अन्दाजी ११ बजेको समयमा आगलागी भएको थियो । गम्भिर घाइते भएका मृतक रञ्जनाका श्रीमानले सहयोग माग्दै चिच्याएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । केही मिनेटमै घटनास्थल पुगेको प्रहरीले करिव १ घण्टा १५ मिनेटमा आगो नियन्त्रणमा लिएको थियो ।



