काठमाण्डौ – उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार बेलुका काठमाण्डौ उपत्यकामा १३ मिलिमिटर पानी परेको थियो ।