काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधा लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न, ‘राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन् ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो, यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहन्छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोदीको शपथ, ओलीको भ्रमण, दिनभर उडान प्रभावित प्रधानमन्त्री ओली दिल्ली जाँदै हुनुहुन्थ्यो, तर त्यही बेला दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्सको जहाजले भने स्वाभाविक अवतरण पाएन ।

मकवानपुरको आमभञ्जाङदेखि बाराको निजगढबीचमा चार फन्को लगाएर मात्र सो जहाजले काठमाडौंमा अवतरण गर्न पायो । किनकी त्यतिञ्जलेसम्म प्रधानमन्त्री ओलीको जहाजले नेपालको सीमा काटिसकेको थियो ।नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।