भारतमा १५औं प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले सपथ लिएका छन् ।
नयाँ दिल्लीमा रहेको राष्ट्रपति भवनमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्दबाट दोस्रो कार्यकालका लागि मोदीले सपथ लिएका हुन् ।

प्रधानमन्त्रीको सपथ ग्रहण पछि ५८ सदस्यीय मन्त्री मण्डल गठन गरिएको छ ।
प्रधानमन्त्री माेदी पछि दोस्रो नम्बरमा मन्त्री बनेका अमित शाह भारतीय जनता पार्टीका अध्यक्ष हुन् । अमित शाह विसं. २०७२ सालमा भारतले नेपालमा गरेको नाकाबन्दीको रणनीतिक याेजनाकारका रूपमा चिनिएका ब्यक्ति हुन् । उनले नेपालमा संविधान जारी हुनु भन्दा तीन दिन अगाडि प्रम मोदीको विशेष दुतका रूपमा नेपाल आएर संविधान जारी नगर्न दबाब दिएका थिए ।
मन्त्री परिषद्मा नितिस गडकरी, स्मृती इरानी,सदानंद गौडा, रामविलास पासवान, निर्मला सीतारमण,नरेन्द्र सिंह तोमर, रविशंकर प्रसाद, धर्मेन्द्र प्रधान, पूर्व विदेश सचिव एस जयशंकर, रमेश पोरियाल, अर्जुन मुंडा, डा. हर्षवर्द्धन, थावर चंद लगायत ५८ जनाले मन्त्री परिषद्को सपथ लिएका छन् ।
माेदीकाे सपथ ग्रहण कार्यक्रममा अतिथिका रूपमा प्रधानमन्त्री केपी ओली सहित बिमष्टेकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूकाे उपस्थित रहेकाे छ ।



