नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राम्रो सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘उहाँ र मबीच कुनै पनि नराम्रो छैन, सबै कुरा राम्रो छ ।’ उनले आफूले कति वर्ष प्रधानमन्त्री खाने भन्ने कुरा प्रचण्डसँगकै सहमतिमा अघि बढ्ने पनि स्पष्ट पारे ।

फरक प्रसँगमा उनले आफू र भारतीय प्रधानमन्त्री मोदीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको विश्वास दिलाए । उनले भने,‘मोदी र मेरो केमेष्ट्री मिलेको छ, अब नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो हुन्छ ।’

पछिल्लो समय नेपाल–भारत द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी छ । त्यस्तै, नेपाल–भारत सम्बन्धका सबैखाले समस्या हल गर्न तयार पारेको नेपाल–भारत प्रवुद्व व्यक्ति समूह (ईपिजी) को प्रतिवेदनपनि भारतले छिट्टै ग्रहण गर्ने उनले जनाए ।

मोदीले आफ्नो सपथग्रहणमा सार्कका सदस्य राष्ट्रलाई नबोलाई विम्स्टेक सदस्य राष्ट्रलाई बोलाएकोबारे धमलाले राखेको जिज्ञासामा ओलीले भने,‘अब विम्स्टेकलाई प्रभावकारी बनाएर लैजानुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah