दमक/लायन्स लिडरहरुले स्थानीय सरकारसंग समन्वय गर्दै मानवीय सेवामा समर्पित हुनका लागि आग्रह गरेकाछन् । क्लवमा पदाधिकारी भएर काम गर्नु अवसर र चुनौती दुबै भएको भन्दै उनिहरुले लायन्स अभियानमा सक्रियताका साथ लाग्नका लागि अभिप्रेरीत समेत गरे ।
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानको आयोजनामा झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा शुक्रबार भएको पीभिएसटि तालिममा गभर्नर अनन्तप्रसाद भेटवाल, नव निर्वाचित गभर्नर इन्द्र खत्रीले आफुहरुले अघि सारेका योजनाहरुको बिषयमा समेत जानकारी दिएका थिए ।
निवर्तमान डिस्ट्रिक गभर्नर लीला ढुंगेल, पुर्व डिस्ट्रिक गभर्नर भीम घिमिरेले लायन्स पदाधिकारीहरुको भूमिका र ब्यवहारको बिषयमा तािलम प्रदान गरेका थिए । पुर्व डिस्ट्रिक गभर्नर फुलकुमार लालवानीले उत्प्रेरक र लायन सन्देशदास श्रेष्ठले सोसिमयल लिडरसिपको बिषयमा तालिम प्रदान गरेका थिए ।
लायन्सका पदाधिकारीहरु टंकबहादुर श्रेष्ठ, रेवतबहादुर कार्की, विकास अधिकारी, धिरज गुरुग लगायतले क्लवका अध्यक्ष सहित पदाधिकारीहरुको भूमिका एवं जिम्मेवारीका बिषयमा तालिम प्रदान गरेको बताईएको छ ।
लायन्स लिडर अजय अग्रवालका अनुसार यस तालिमले क्लवको नेतृत्वमा आएकाहरुलाइ कसरी अघि बढ्ने भन्नेमा ठुलो सहयोग पुगेको छ । एकैसाथ लायन्सका मुख्य लिडरहरु आएर क्लवहरुलाइ हौसला प्रदान भएको समेत उनले बताए ।
लायन्स लिडर बबरजंग थापाले दमक र आसपासका क्लवका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको जनाए । उत्साहका साथ सहभागिहरु कार्यक्रममा सहभागि भएको पनि उनको भनाइ छ ।











