मंगलवार राती नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री निवास बालुवाटार गएर कुनै पनि हालतमा नवराज सिलवाललाइ आइजिपि बनाउनु नहुने भन्दै यस बिषयमा सोच बिचार गर्न दबाब दिएको सार्वजनिक भएको छ । यस बिषयमा बिभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा देउवाको आलोचना शुरु भएको छ ।

 जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा गरेको बढुवा बदर गर्दै सर्बाेच्च अदालतले कार्यसम्पादन मुल्यांकनमा योग्यतम र जेष्ठताका आधारमा तत्काल नियुक्त गर्न दिएको परमाआदेश सरकारले अटेर गर्ने संकेत गरेको छ ।  सर्बाेच्चको परमादेश आए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल  र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बसेको आकस्मिक बैठकले प्रहरी प्रमुख नियुक्तिमा ‘हतार’ नगर्ने सहमति गरेको हो । कांग्रेस सभापति देउवाको दवावमा गत फागुन १ गते मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर चन्दलाई आइजीपी बनाउने निर्णय सरकारले गरेको थियो ।

सर्बाेच्च अदालतले चन्दको बढुवा स्वेच्छाचारी भन्दै बदर गरेपछि देउवा आकस्मिक बैठकका लागि मंगलवार प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । प्रहरी प्रमुख नियुक्त गर्न ‘नहतारिने’, सर्बाेच्च अदालतको फैसला अध्ययन गरी कानुनी पक्षलाई पनि विचार गरी आइजीपी नियुक्त गर्न वकिलहरुसँग राय सुझाव लिने सहमति दाहाल र देउवाबीच भएको छ ।

कार्यसम्पादन मुल्यांकन र वरियतामा तेस्रो स्थानमा रहेका चन्दलाई प्रहरी प्रमुख नियुक्त गर्न देउवाले त्यसबेला गृहमन्त्री बिमलेन्द्र निधिसँग चर्काचर्की समेत गरेका थिए । देउवाको दवावमै गृहमन्त्रालयले तेस्रो वरियतामा रहेका चन्दको मात्र नाम सिफरिस गरेको थियो । फागुन १ गते अदालत खुल्नुअघि नै मन्त्रिपरिषद बैठक बस्न लगाई चन्दलाई आइजीपी बनाउने निर्णय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah