बिराटनगर, जेठ १८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको बताउनु भएको छ । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको सहमति र समझदारीप्रति आफूहरु दृढ रहेको पनि बताउनु भयो ।

‘पार्टी एकताको बेला धेरै सहमति समझदारी गर्दै हामी आएका छौं, त्यो समझदारी अझ उन्नन र बिकसित पनि हुँदै गएको छ, यस बिषयमा हामी दुवै अध्यक्ष प्रष्ट छौं,’ आलोपालो नेतृत्वको बिषय उठाउनुको कारणबारे पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले आफू र प्रधानमन्त्री केपी शर्मा ओली दुवै सहमतिकर्ता रहेकोले बजार गरम बनाउन उछाल्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।

‘मैले पार्टी एकता गर्दा भएको सहमतिको बिषयलाई स्मरण मात्रै गरेको हो, यसलाई गोप्य सहमति भन्दै अनावश्यक प्रचारबाजीमा लैजान जरुरी छैन, कितावमै आइसकेको बिषय हो,’ प्रचण्डले भन्नुभयो । उहाँले पार्टी नेता कार्यकर्तालाई सरकारको नेतृत्व फेर्ने कि नफर्ने भन्ने जस्ता अनावश्यक बहश नगर्न र अनावश्यक रुपमा प्रचारवाजीमा नलैजान निर्देशन पनि दिनुभयो । ‘सवै कुरा सहमतिमै पार्टीले निर्णय गर्छ, अनावश्यक पोलोराइजेशन नलान म सवैलाई आग्रह गर्न चाहन्छु,’ प्रचण्डको भनाई थियो ।

उहाँले प्रधानमन्त्री ओलीले सहमतिको बिषयमा दिनुभएको अभिब्यक्ति सही रहेको भन्दै आफूहरुलाई भिडाउने प्रयाश संभव नहुने प्रष्ट पार्नुभयो । पार्टी एकताको बेलामा भएको समझदारीलाई स्मरण मात्रै गरेको छु, मैले । यो कुनै नयाँ बिषय होइन, प्रधानमन्त्रीले पनि त्यसैअनुसार बुझ्नु भएको छ, उहाँको कुरा पनि त्यही हो, प्रचण्डको भनाई थियो ।जनताटाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah