काठमाडौं, १८ जेठ । भनिन्छ–राजनीति सम्भावनाको खेल हो । यस्तै एक दृष्य भारतमा पनि नजर आएको छ । सानो घर, एउटा साइकल, एक सामान्य जीवनशैली अंगालेका नागरिक, साइकलमार्फत चुनाव प्रचार अनि चुनावपछि पनि उस्तै जीवन शैली थियो ।

चुनावमा विपक्षीका अर्बपतिलाई भारी मतान्तरले पराजित गर्ने व्यक्ति पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा अटाएका छन् । मोदीको ५७ सदस्यीय मन्त्रिपरिषद्मा उनले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । जसको चर्चा संसारभर हुन थालेको छ किनकी अति सामान्य जीवन शैलीका उनका विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन ।

उनी हुन् भारतीय जनता पार्टीको तर्फबाट बाला सोर लोकसभा सीटमा विजयी भएका प्रताप चन्द्र सारङ्गी । जब उनले राज्य मन्त्री पदका लागि शपथ लिन मञ्चमा उपस्थित भए, तब सभाहल तालीको गड्गडाहटले भरियो ।

उनी ओडिशा राज्यका मोदीको रूपमा पनि चिनिन्छन् । सामान्य जीवनशैलीका सारङ्गीले बीजेडीका सांसद एवं अरबपती उम्मेद्वार रवीन्द्रकुमार जेनालाई भारी अन्तरले पराजित गरेका थिए । अटो रिक्सामार्फत उनले र्‍याली निकालेका थिए । भारतको खर्चिलो चुनावमा उनले पैसा खर्च नगरिकनै चुनाव जितेका हुन् ।

चुनावपछि पनि उनी झोला बोकेर उनी सामान्य नागरिक जस्तै सडकमा हिंड्छन् । सन् २००४ र सन् २००९को चुनाव पनि उनले त्यसै गरी जितेका थिए । सानो घर, एउटा साइकल उनका साथी हुन् ।

मोदी जस्तै सन्यासी जीवनशैलीका कारण उनी भारतमा मात्र नभएर अहिले संसारभर चर्चामा छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah