पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको धरमपुरमा भएको दुर्घटनामा एक किशोरीको मृत्युभएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी – १ बस्ने २७ वर्षीया रञ्जना खनाल (रञ्जु) रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार विहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको थियो ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्व आइरहेकी खनाल मुख्य सडकबाट दक्षिणतर्फ जाने क्रममा ठोक्किएको थियो ।

उनले मे ७ प १६७८ नम्बरको स्कुटी चलाएर आइरहेकी थिइन् ।

दुर्घटनामा मृत्यु भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालको छोरी रहेको बताइएको छ ।