दमक/स्कुटर दुर्घटनामा परेर धरपुर स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेण्डको रुपमा कार्यरत शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना (रन्जु) खनालको मृत्यु भएपछि शिवसताक्षी नगरपालिकाले मंगलवार एकदिन शोक बिदा दिएको छ ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे ७ प १६७८ नम्बरको स्कुटरमा सवार खनाललाई ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका स्कुटर चालक खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मृत्यू भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालको छोरी हुन् । उनको आज नै कन्काइमा दाहसस्कार भएको छ ।