काठमाडौं – श्रीलंकामा गत अप्रिल महिनामा ईस्टर बम आक्रमणपछि देशभरि साम्प्रदायिक हिंसा फैलिएको छ । उक्त आक्रमणमा २५८ जनाको मृत्यु भएको थियो ।

साम्प्रदायिक हिंसा फैलिन थालेपछि गर्दै सोमवार नौजना मुस्लिम मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । मन्त्रीहरूले अल्पसंख्यकलाई तारो बनाइएको आरोप लगाएका छन् । सरकारले उनीहरूको रक्षा गर्न नसकेको गुनासो मन्त्रीहरूको छ ।

नौजना मन्त्री र दुई प्रान्तीय राज्यपालहरूले राजीनामाको निर्णय लिएका हुन् ।

न्यायमन्त्री रऊफ हकीमले सबै मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएपनि सरकारलाई समर्थन चाहिँ दिइरहने बताए । तर सबै अल्पसंख्यकलाई समान न्याय दिइनुपर्ने अनि हिंसाको निष्पक्ष जाँच गरेर दोषीलाई सजाय दिनुपर्ने शर्त

उनीहरूले राखेका छन् । त्यसो नगरिएमा समर्थनका विषयमा फेरि सोचिने उनीहरूको भनाइ छ ।

ईस्टरका दिन आठवटा शृंखलाबद्ध आक्रमण हुँदा तीनवटा चर्च र पाँच होटल निशानामा परेका थिए । विस्फोटको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो । स्थानीय संगठन नेसनल तौहीद जमातले उसलाई सहायता गरेको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah