#

देशको डिभी, विसङ्गतवाद र ‘जन्मभूमि’ कविता सङ्ग्रह

    २०७६ जेष्ठ २१, मंगलवार १६:२३ मा प्रकासित

 साहित्य/कृति समीक्षा        

समीक्षक–बाँस्कोटा धनञ्जय

आधुनिकतावादले मान्छेलाई प्रकृतिको उत्कृष्ट रचना मान्यो तर कवि न्यौपाने यसको विपक्षमा देखिएर उत्तरआधुनिकता (विषम चिन्तनको स्वीकारोक्ति) तिर ढल्केका हुन् कि भन्ने देखिन्छ, जसले विसङ्गतवादलाई स्वीकार्छ ।

दमक सर्जकहरूको उर्वर भूमि बन्दै गएको छ हिजोआज । थुप्रै सर्जकहरू रतुवाको बगरबाट उक्लिदै छन् भने कोही माथिको वेलडा“गीबाट फुत्तै निस्किदैछन् । निस्किरहेका छन् यत्रतत्र । खुशीको कुरा हो । विष्णु न्यौपाने पनि यो पङ्तीमा उभिएका एउटा परिवर्तनको उद्घोष गर्ने सर्जक हुन् । उनको यो कृति ‘जन्मभूमि’ कविता सङ्ग्रहका रूपमा आएको छ ।

हुनत यो कृतिको टिकाटिप्पणी, समालोचना, समीक्षा पहिले पनि भइसकेको होला । पत्रपत्रीकामा पाठकका विचारहरू प्रेशित पनि भए होलान । यसका बारेमा कार्यक्रमहरू प्नि भए होलान । अनि पत्रिकालाई पनि यसको टिप्पणी त पहिल्यै भइसकेको हो भने किन फेरि दोहो¥याएर प्रकाशित गर्नु भन्ने मनमा प्रश्न पनि उठन सक्ला । तर यो जति पटक भएको भए पनि यसमा भिन्न विचार छ । भिन्न नजर छ । भिन्न रङ्ग र राग छ । भिन्न चिन्तन र दर्शन छ जुन कुरा आजसम्म यस कृतिको बारेमा एक शब्द पनि भनिएको छैन । यही नयाँ विषयले यसलाई सिगार्ने छ भन्ने ठानिएको छ यहाँ । अर्को कुरा, आजको परिप्रेक्षमा यस क्षेत्रमा छन्दमा, त्यो पनि युवा कविले, कविता लेखेको नौलो कुरा हुने पनि भयो । यसमा अडतीसवटा कविताहरू छन्दोबद्ध छन् र बाँकि पन्ध्रवटा छन्दबिहिन अर्थात गद्य कविता छन् । यी दुईवटा कारणले आज मलाई यो कविताकृतिको फेरि एकपटक समीक्षा लेख्न बाध्य बनायो । यो साहित्यलाई हेर्ने एउट नयाँ चक्षु हो, चिहाउने भिन्न भ्mयाल हो ।

दोस्रो विश्वयुद्धको त्राशदीपछि फ्र।न्सबाट एउटा विचारको उदय भएको थियो जसले युद्धका बिभिषिकाहरूलाई आत्मा देखिनै घृणा गर्दा गर्दै विसङ्गतवाद (‘अ्यावसर्डिजम्’) को जन्म भयो । यो वादले परम्परागत विचार र संस्कृतिका मूल्य र मान्यताहरूका बिरुद्धमा विद्रोह गर्दथ्यो । त्यतिञ्जेल के मानिन्थ्यो भने मान्छे भनेको विचार र चेतनाले भरिएको प्राणी हो र ऊ यो ब्रम्हाण्डमा कम्तिमा बौद्धिक प्राणी भएर बस्छ । ऊ यो ब्यवस्थित समाजको अभिन्न पाटो हो । अर्थात् मान्छेले यो समाजलाई अनुशासित र मर्यादित बनाएर राखेको छ । र मान्छे बहादुरीता, शाहसिकता र नायकत्वमा रङ्गीन बन्छ यदि ऊ पराजित नै किन नहोस् । तर यी सब बकवास हुन् भन्यो विसङ्गतवादले र खरो उत्रिए जा“ पाद सार्त, अलबर्ट क्यामुहरू । उनीहरूले मान्छेको नायकत्वलाई चुनौती दिए र भने —मान्छे त यो ब्रमाण्डबाट पृथकिएको बस्तु हो, उसले समूहको नौटङ्की गरेपनि ऊ नितान्त एक्लो छ । मानव संसारको कुनै सत्य कुरा, मूल्य र अर्थ छैन । मानव जीवन त अर्थ र अस्थित्वको निरर्थक खोजी गर्छ, त्यसको खोजीमा भौँतारिन्छ । निरर्थकतातिरबाट निरर्थकतातिर र निरर्थकतामा पुगेर उसको यात्रा अन्त्य हुन्छ । यही अर्थहीन खोजीमा मान्छेको इहलीला समाप्त हुन्छ । फ्रान्सका युजिन आयनेस्कोले भने— मान्छेले जतिसुकै मरिहत्ते गरे पनि उसले  पाउने भनेको ब्यर्थ हो । उसका समग्र कामहरू निरर्थक, चेतनाहीन र प्रयोजनहीन हुन्छन् । यही दुखान्तमा मान्छे रुमल्लिन्छन् र सकिन्छन् ।

विसङ्गतवाद यसरी प्रकट हुन्छ ः

निरर्थक संघर्ष                           नैराश्य = विसङ्गतवाद

बीसौँ शताब्दीका अस्तित्ववादीहरूले यसलाई ब्यक्तिको निरर्थक संघर्ष हो भनी ब्याख्या गरे । अलबर्ट क्यामुले त के भन्न पनि भ्याए भने यो ब्रम्हाण्डमा जब मान्छेले प्रकाश नपाएको महसुस गर्छ, उसलाई अनौठो लाग्छ र ऊ निर्वासित महसुस गर्छ । उनको ‘मिथ अफ सिसिफस’ यसैको नमूना हो जसमा विद्रोह गर्दा त्यो निरर्थक काम रहेछ भन्ने महसुस गराउन सिसिफसलाई एउटै ढुङ्गो सधैं गुडक्याउने सजाय दिइन्छ र उसले यो विसङ्गत महसुस गर्छ ।

आयरिस लेखक सेमुएल बेकेटले घोषणै गरे कि मान्छे अस्तित्वबिहिनताको खोजिमै सकिन्छ । उनले भने, ‘नथिङ्ग ह्यापन्स, नोबोडी कम्स, नोबोडी गोज, इट इज अपूmल ।’(केही हुंदैन, कोही आ“उदै, कोही जा“दैन, यो पीडादायी कुरा हो ।) उनको ‘वेटिङ फर गोदो’ यसैको प्रमुख उदाहरण हो जसमा दुईवटा पात्र गोदो आउ“छ भनेर सधैँ पर्खिन्छन् तर गोदो आउँदैन । अर्का फ्रेन्च नाटककार जिन जेनेटले त जीवनको भोगाइबाट प्राप्त भएको ‘दुःखदाई हा“सो’ नै विसङ्गतवाद हो भने । रुञ्चे हाँसो नै विसङ्गत हो । हुनै नसक्ने कुरा सम्भव देख्नु विसङ्गत हो । देखिरहिएको कुरा पनि देख्न नसकिरहनु विसङ्गत हो । थहा भएर पनि छोडन नसक्नु विसङ्गत हो ।

विष्णु न्यौपानेको यो कविता सङ्ग्रहले यस्तै विसङ्गतहरू यत्रतत्र बोकेको छ । मान्छेको नायकत्वलाई खारेजी गर्दै निरर्थक जीवनको यात्रामा लिप्त हुन्छ जीवन । उनका भावहरू त्यसै गर्छन् यहा“ । उनको समाज यस्तै छ । उनका भावको समाजशास्त्र तिनै दमित आवाजहरूको प्रक्षेपणमा पैmलिएको छ । रंगविहिन जीवनका अवयवहरूलाई रंगीन बनाएर उतार्नुमा छ । मान्छेमा यो संसारलाई देख्ने क्षमता हुदैन र उसले बुझेको भनेको यही विसङ्गत चश्मा मात्र हो । निरर्थकताको लागि मान्छेले संघर्ष गर्छ किनभने यो दुनिया रित्तो र निरर्थक छ ।  मान्छे आफ्नै समस्यामा रुमलिन्छन् किनभने तिनका इच्छाहरू, सपनाहरू कुनै पनि पूरा हुंदैनन् । तिनले अतीत र बर्तमानलाई जोडेर जिन्दगी नाप्छन् र अतीतलाई सम्झेर पछुतो गर्छन् । समग्रमा मानवीय अवस्था अर्थविहिन चक्रमा घुमिरहेको छ । जे बुझे पनि, सोचे पनि त्यो यथार्थ छैन । चुरो अर्कै हुन्छ । यी कविताहरू यिनै बिसङ्गतवादले रङ्गिएका छन् ।

कवि न्यौपाने

बिस्थापित र एक्लिएको मनः  आजको बिज्ञान र प्रविधिले, भौतिक विकासले मान्छेको बैयक्तिकतालाई ध्वस्त गरेर यान्त्रिकरण गरिदियो । यसैले होला, डब्लु. एच. अडेनको ‘अन्नन् सिटिजन’ कविता सर्वाधिक लोकप्रिय बन्यो । त्यसमा मान्छे एक्लिएको, हराएको र यान्त्रिकरणले मान्छेका भावहरूको तिरस्कार भइरहेको तीतो सत्य छ त्यहाँ । यसरी नै आज हामी आफैँबाट एक्लिदै छौँ । आफन्तबाट एक्लिदै छौँ । समाज र आफ्नै मनबाट एक्लिदै छौँ । विगतले बर्तमान र आगतलाई स्वास फेर्न नसक्ने गरी थिचेको छ । कविले पनि यी भावलाई जीवन्त पस्केका छन् ।

म सम्झन्छु ऐले

र बल्झन्छु ऐले ।

थिचेका जुराले

कथाकै कुराले । । (कुरा कथाका)

समाज अर्काको पीडामा रमाउने गरेको छ । अर्काको पीडा नदेख्ने कुरा जीवन्त कुरा हो । आफैँलाई मात्र हेर्ने तर मानवताको भाषणगर्ने विसङ्गतता हामीकहाँ जीवन्त छ । एउटी सुत्केरी महिलाको छटपटीलाई यसरी उजागर गर्छन कवि ः

उनीचैँ कष्टले रुन्छिन् लाजले अरू हाँस्तछन्

उनीचैँ दुःखमा डुब्छिन् आसले अरू नाच्दछन् । (सुत्केरी —जैविक बाध्यता कि रहर ?)

‘बुढ्यौली’ कवितामा बुढ्यौलीपनले ल्याएको परिणती पनि यस्तै मन र शरीरलाई विस्थापन गर्ने चरित्रको छ । देशको ब्यथिति र हिंसाले उब्जाएको ‘जलन’ पनि छ । यही बेथितिलाई उजागर गर्ने र पालन पोषण गर्ने चलन पनि छ ।

अर्थहिनता, रित्तोपना र निरुद्देश्यता ः मान्छेले जति संघर्ष गरे पनि उसले प्राप्त गर्ने भनेको निरर्थकता हो, रित्तोपन हो । जसलाई हामी उपलब्धी भन्छौँ, त्यो उलब्धी नभएर आत्मरति र निरर्थकताको पोको नै हो । के के न पायौँ भन्नेहरू पनि रित्तै हुन्छन् यहाँ । केही पायौँन भन्नेहरू पनि रित्तै हुन्छन् यहाँ । यही निरर्थकताको पोको काँधमा बोकेर जीवनभरि मान्छे सडक र गल्ली चहार्छ । अनि रमाउँछ । तर जब उसलाई चेतना आउँछ, उसले यो निरर्थकताको बोध गर्न पुग्छ र निराश हुन थाल्छ । यो असंगतिपनले ल्याएको परिणति हो ।

अनि लाग्छ —

पखेटामा जन्मेर छिचिमिरे जीवन भागिरहेको—

उत्तरआधुनिक मान्छे

सौन्दर्यपूर्ण होइन

अत्यास लाग्दो देखिन्छ । (समयका पानाहरू)

सिर्जनाको माली बन्ने विसङ्गतता पनि छ यहाँ । जति मार्ग खोजे पनि दुःखी हुने अवस्था पनि छ कविताका गराहरूमा । देश चिरेर राष्ट्रियता खोज्नेहरू विसङ्गत पाटाका प्रबक्ताहरू हुन् । आज यिनैे प्रवक्ताहरूले यो देशमा शासन गरे । मान्छेको स्वभावले आज मान्छेलाई मान्छे हुनबाट बञ्चित गरिरहेको छ । मान्छे चुपचाप हिँडिरहेको छ कतै नहेरी ।

मृत्युलाई बिर्षन बाध्य हुनु, बाँच्न बाध्य हुनु ः जीवन निरर्थक छ भनेर मात्र पुग्दैन । त्यसपश्चात पनि मान्छे बाचिरहनु पर्छ । उसलाई मर्ने छुट हुंदैन । आत्मसमर्पण गर्ने छुट हुँदैन । निरर्थक छ भन्ने जान्दाजान्दै पनि बाँचिरहनु पर्छ । सकिनसकि ताम्सिरहनु पर्छ । गतिविधिहरू अघि बढाइरहनु पर्छ । आराम लिन सख्त मनाही छ । उसले केही न केही काम गरिरहनु पर्छ ।

…तर पर्खिरहेछु अनन्त आँसु भोग्दै

चेत जगाउन अस्तित्वको

चट्टानका पहरामा घुँडा टेकेर एक्लै । (आत्मकथामा स्वर्गीय हिमाल)

आस्था र भरोसा सबै पहिरोजानु, नैरास्यता पैदा हुनु ः जीवनमा जे जति आस्था र भरोसाहरू पालेका हुन्छन्, ती सबैको समूल नष्ट गरिएको हुन्छ । आँफूले बनाएका योजना पनि उल्टिन्छन् । उपलब्धी भन्ने कुरा पनि उपलब्धीबिहिनतामा गएर टुङ्गो लाग्छ । जेलाई हामी उपलब्धी भन्छौँ, त्यो रित्तोपना मात्र हो । आधुनिकतावादले मान्छेको भूमिकालाई प्रमुख ठान्यो । मान्छेलाई सर्वोपरी मान्यो । मान्छेको चेतना र भावलाई मानवतावादसँग लगेर जोड्यो । कवि मान्छेलाई अहं भन्ने आधुनिकतावादको विरुद्धमा उभिएर उत्तरआधुनिकतालाई पनि राम्ररी सकार्न नसकी दिग्भ्रमित भएका छन् । किनभने आधुनिकतावादले मान्छेलाई प्रकृतिको उतकृष्ट रचना मान्यो, तर कवि न्यौपाने यसको विपक्षमा देखिएर उत्तरआधुनिकता (विषम चिन्तनको स्वीकारोक्ति)तिर ढल्केका हुन् कि भन्ने देखिन्छ जसले विसङ्गतवादलाई स्वीकार्छ ।

मासिन्न जलको कुम्भी डढेलो सिद्धिदा पनि

नासिन्न स्वार्थको घैँटो स्वास नै रित्तिँदा पनि । (मानवीय स्वभाव)

कस्तो दिनैमा घर यो किनेँछु

आफ्नो जवानी, पसिना छिनेँछु ।

जुन् आँसु मेरा परिवार झार्छन्

आगो उकेली अझ राप ताप्छन् । । (छिमेकी)

जनाधिकारका कर्मी —संस्था बिके बराबर

संचारका कयौँ संस्था बिक्रीभए सरासर । (पराधीनताको अनन्त शृङ्खला)

बिरोेधाभाष अर्थात असङ्गत हुनु ःआज रूपमा जे देखिएको छ, त्यो सारमा अर्कै हुने गरेको छ । खण्डित हुनेगरेको छ । असङ्गतिपूर्ण हुनेगरेको छ । खोजिकार्य पनि अर्थहिन हुने गरेको छ । आदर्शको स्खलन भइरहेकोछ । नीति र नैतिकताको धज्जी उडाइरहेको छ । हेर्दा एउटा छ, ब्यवहारमा अर्को छ । यही विरोधाभाषमा हामी र हाम्रो समाज बाँचिरहेको छ । हाम्रो देश बाँचिरहेको छ ।

पार्टी, आदर्श, सिद्धान्त, ब्यवस्था नीति घातले ।

भयो आक्रान्त नेपाल आज यो जात पातले (हरे बुद्धि)

शिक्षाको नीति हो मात्रै उछिन्नु साथ सङ्गति

सिकेकै सीपले बाच्ने बन्दैन किन पद्धति ? (नेपाली युवाको पीडा)

पैmलाइकन हात शून्य नभमा के सिर्जना गर्नु हो ?

खाएरै अरुको कमाइ यसरी कुन स्वर्गमा तर्नु हो ? (धर्मकर्म)

स्वच्छन्दता ः  कविले मातृभूमिको, प्रकृतिको थुप्रै उत्सवहरू मनाएका छन् । उनको त्यो हर्कबडाईँमा पाठकहरू पनि समाहित हुनपुग्छन् । किनभने स्वच्छन्दवादले ईश्वर र प्रकृतिलाई एकै ठानेको छ । यी दुवैको भूमिका सिर्जना गर्ने, रक्षा गर्ने र नाश गर्ने हो ।

भmर्ना जस्तै बईँस लतिका ताल छोइ तरेली

खेल्दा नाच्छन् तरलमनमा भावभित्रै परेली ।

रातोलाली निरव बनमा छर्दछन् ती गुराँस

मेरा आँखा पथिक जनमा पर्दछन् मासमास ।। (जन्मभूमि)

नोष्टाल्जीया ः कविले आफ्ना थुप्रै संंम्समरणहरू र विगतको सम्झना प्रेशित गरेका छन् । यस संग्रहको शीर्षकले नै यसलाई पुष्टि गर्छ । उनले आफ्नो जन्मभूमिको प्रेम र सम्झनालाई महान् आकार दिएका छन् । आफ्नो जन्मभूमिलाई उनी श्रद्धा गर्छन्, सम्झन्छन् । मनभरी राखेको आफ्नो माटोको महिमा छ यहाँ । आफ्नो जन्मभूमि छाडन पाउँदा, आफ्नोसंगै आफ्नो देशको डिभी पर्दा उत्सव मनाउनेहरूलाई कवि झापड लाउँछन् । देशको डिभी पर्दा रमाउनेहरूको भिडमा कवि न्यौपाने त्यो च्यात्दैछन् यो संग्रहमा । उनी यसरी विगतलाई सम्झन्छन् ः

त्यो माटोमा धवल तन यो अङ्कुराएर आयो

लाली छायो जगत सुखको ज्ञान माधुर्य पायो

पङ्खा लागे पनि पयरमा आँतमा खुल्छ धर्ती

आर्जेका ती अनुभव सबै माथ स्वीकार्छ अर्ति ।। (जन्मभूमि)

उनी ‘सम्झनाका पानाहरूमा’ आफ्नो मायाको सम्झना यसरी गर्न पुग्छन् ः

कहानी बनेका तिनै मात सम्झी

बिहानी बनिन्छन् सधैँ रात ब्यूँझी ।

अहो ! भाग्य भन्दै म बैराग्य हुन्छु

उनै सम्झनाले गला फेरि धुन्छु ।। (संझनाका पानाहरू)

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु