कलाकार सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन्।

चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी सरिताले राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो खुलासा गरेकी हुन्।

‘उम्मेदवारीपछि मैले धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको छ’ सरिताले भनिन्, ‘आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु।’

पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए। उनीहरुलाई साक्षी राख्दै सरिताले आफू संघको अध्यक्षमा निर्वाचित भए कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत बाचा गरिन्।

सरिता चलचित्र कलाकार संघको निवर्तमान महासचिव हुन्। निर्वाचन जेठ २५ मा हुँदैछ। उनीसँगै अध्यक्षका लागि रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन्। नेपाल खबर बाट साभार गरेको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah