काठमाडाैं । भारतीय वायुसेनाको विमान एएन–३२ लाई खोज्ने कोसिस जारी रहे पनि अहिलेसम्म भेटिएकाे छैन । ४२ घण्टा अघि एएन–३२ विमान ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको थियो ।

सोमबार दिउँदो १ बजेपछि विमान सम्पर्कविहीन भएकाे थियाे। ४२ घण्टा बितिसक्दा पनि विमानबारे केही जानकारी पाउन सकिएको छैन । खराब मौसमका कारण सर्च अपरेशनमा समस्या भइरहेको छ । सेटलाइट, स्पाई एयरक्राफ्ट, फायटर प्लेन, हेलिकोप्टर र सेनाका जवानले अहिले पनि खोजी कार्य जारी राखेका छन् ।
हराइरहेको विमान एएन–३२ मा आधुनिक एभियोनिक्स, रडार वा आपतकालीन लोकेटर ट्रान्समिटर ९एएलटी० थिएन । विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेशको पश्चिम सियांग जिल्लामा चिनियाँ सीमा नजिकै भेटिएको थियो । विमान यो लोकेशन वरिपरि नै हुनसक्ने अनुमान गरिएको छ ।



